Rashtriya Dainik

एमालेले लेखाएकाे भ्रामक समाचारमा कुनै सत्यता नरहेकाे पाेलिटव्युराे सदस्य -जाेशी

दोरेन्द्र खड्का, बझाङ

नेकपा एकिकृत समाजवादीका पाेलिटब्युराे सदस्य तथा संघिय मामिला तथा समान्य प्रशासन मन्त्री भानुभक्त जाेशीले एमालेका नेता कार्यकर्ताले भ्रामक समाचार लेखाएकाे प्रति खेदब्यक्त गर्नु भएकाे छ । नेकपा एमालेकाे हार निश्चित भईसकेपछी एमालेका साईवर स्यालहरूकाे प्रयाेग गरि विभिन्न हत्कण्डा प्रयाेग गर्न लागेकाे उहाले बताउनु भयाे ।

  आफ्नाे पाटी नेकपा एकीकत समाजवादीमा कुनै पनि गुट उपगुट दुई धार नभएकाे बताउनु भएकाे छ।

उहाँले हाेजाे सांझ सामाजिक संजाल र केही अमुख मिडियामा आएकाे पाटी भित्र दुईधार भन्ने भ्रमाक समाचार काे सामाजिक संजाल फेसबुकमार्फत खण्डन गर्दै नेता जाेशीले यस्ताे लेख्नु भएकाे छ ।

बझाङ जिल्लामा शनिबार सम्पन्न हुन गइरहेको प्रदेश सभा १ को उपनिर्बाचनका सन्दर्भमा नेकपा एकीकृत समाजवादीका नेताहरु दुई धारमा उभएिको भनी सामाजिक संजालमा फैलाईएको अफवाह प्रति खेद व्यक्त गर्दछु । साथै एकीकृत समाजवादीले अर्को दललाई समर्थन गरेको भनि सामाजिक संजालमा फैलाईएको  सूचना र भ्रामक समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चहान्छु ।

याे स्टाटर लेख्दै नेता जाेशीले बझाङमा नेकपा एकीकत समाजवादीकाे तिज सुनिश्चित भएपछि  हारकाे मानशिकता बाेकेका एमालेका नेता कार्यकर्ताले मतदातालाई प्रभावित पार्न विभिन्न हत्कण्डा अपनाएकाेले काेही कसैले पनि भ्रममा नपर्न हुन हार्दीक अपिल समेत गर्नु भएकाे छ ।  आफ्नाे पाटीका उम्मेदवार दिलबहादुर सिहंलाई मतदान गर्न समेत अपील गर्नु भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित