राष्ट्रिय दैनिक / नवलपरासी ,१४ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ‘विपद् व्यवस्थापन र पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
सरावल गाउँपालिकाकाे सहयोग तथा नेपाल पत्रकार महासंघको पश्चिम नवलपरासीकाे आयाेजनामा महासंघको अध्यक्ष हरि शर्माकाे अध्यक्षता तथा पालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा आज एक कार्यक्रम बिच उदघाटन भएको हाे।
कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनले पछिल्लो समय आगलागीका कारण नवलपरासीमा नागरिकले ठुलो क्षति बेहोर्नु परेको बताउनु भयो ।सबै स्थानीय सँग बारुणयत्र नहुँदा न्यूनीकरणमा निकै चुनौती भएको उहाँले बताउनु भयो ।
मूलतः ‘विपद् व्यवस्थापन, सञ्चार माध्यमको भूमिका र यसको न्यूनीकरणका प्रयासका विषयहरू कार्यक्रममा उठान गरिएका छन् ।
आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरले सहभागी पत्रकारहरूलाई सहजीकरण गर्नु भएको हो।
प्रशिक्षक कुँवरले कतिपय ‘विपद्मा भएका मानवीय र अन्य क्षतिमा प्रकाशित तथा प्रसारण हुने सामाग्रीले आम सञ्चार माध्यमले नागरिकलाई थप त्रास उत्पन्न गर्ने हुँदा त्यसतर्फ सचेत हुनु पर्ने उल्लेख गर्नु भयो ।

पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष हरि शर्माले ‘विपद्जन्य समाचार सम्प्रेषणमा सबै सञ्चार माध्यममा एउटै तथ्याङ्क नआउने हुँदा थप अन्यौलता हुने बताउँदै सही सूचना सम्प्रेषणमा विशेष ध्यान दिनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा जिल्ला भित्रका २८ जना पत्रकारहरुकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

