Rashtriya Dainik

स्थायी शिक्षकहरुलाई पर्साका दुई वटा गाँउपालिकाले पदस्थापन नगरेको रहस्य बाहिरियो

राजन कुमार बानिया / पर्सा ,१४ वैशाख

शिक्षक सेवा आयोगबाट सिफारिस भएर आएका स्थायी शिक्षकहरुलाई पर्साका दुई वटा गाँउपालिकाले पदस्थापन नगरेको रहस्य बाहिरिएको छ ।

नियुक्ति भएको दुई साता बितिसक्दासमेत जिल्लाका धोबिनी र सखुवाप्रसौनी गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापन नगरेको खुलासा भएको हो ।
धोबिनी गाँउपालिका वडा नं २ असवारी स्थायी घर भएका शिक्षक सोनालाल महतो शिक्षा बिकास तथा समन्वय इकाइ पर्साबाट चैत्र २८ गते नियुक्ति पत्र बुझेको र धोबिनी गाँउपालिकामा पठाएका बताउँछन् ।

गाँउपालिकाको कार्यालयमा पुग्दा भोली पर्सी गर्दागर्दै दुई बिती सकेको उनले जनाए ।
उक्त पालिकामा शिक्षा बिकास तथा समन्वय इकाइ पर्साले ६ जना स्थायी शिक्षकहरु पठाएका थिए ।

बाँके जिल्ला घर भइ धोबिनी गाँउपालिका आएका रामप्रसाद थारुले चैत्र २८ गतेदेखि गाउँपालिकाको कार्यालयमा खर्च रकम सकिएपछि घर फर्केको जानकारी दिए । गाउँपालिका कार्यालयबाट बैशाख १६ गते आइतबार शिक्षकहरुलाई पदस्थापन गर्ने सुचना आएको र सोही दिन बिहान पुग्ने उनको भनाइ छ ।

त्यस्तै सखुवाप्रसौनी गाउँपालिकामा आएका १४ जना शिक्षकमध्ये ११ जनालाई पदस्थापन गरिएको शिक्षा शाखा प्रमुख नेपालन्दु साहले बताए । पालिकाले शिक्षा बिकास तथा समन्वय इकाइ पर्सासँग माग गरिएको तर १४ जना पठाएकाले पदस्थापन गर्न समस्या भएको उनले जनाए ।

तरपनि ११ जनालाई पदस्थापन गरी तीन जनालाई इकाइ मै पठाउने प्रमुख साहको जिकिर छ । शिक्षक सेवा आयोगले यस वर्ष पर्सामा १ सय ८२ जना शिक्षकहरुलाई सिफारिस गरेको छ । शिक्षा नियमानुसार प्रत्येक शिक्षकले एक शैक्षिक शत्र अर्थात् बैशाख १ गतेदेखि चैत्र ३० गते कार्य गर्दा एक ग्रेट पाउने व्यवस्था छ ।

पालिकाका जनप्रतिनिधिहरुले विद्यालयमा भएका रिक्त साधारण दरबन्दीमा नजिकका व्यक्ति वा मोटो रकम लिई करारमा नियुक्ति गरेका कारण यस्तो समस्या उत्पन्न हुने जानकारहरु बताउँछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित