राजन कुमार बानिया
पर्सा १२ बैशाख
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ६ एकडेर्वामा हुन गईरहेको श्रीसप्तचण्डी महायज्ञको बुधबार कलश यात्रा निकालिएको थियोे । कलश यात्रामा श्री सप्तचण्डी महायज्ञ स्थल बाट बाजागाजा सहित निकालिएको कलश यात्रामा ७ सय ५१ कन्या कुवारीहरु कलश बोकर महूवन ,बलुवा ,हुदै लखनपुर र सखुवाप्रसौनीको बिच नवरंगिया खोलामा गई जलभरेर पुन्ह एकडेरवा महायज्ञ स्थलमा पुगेर कलशलाई राखिएको थियो।
कलश यात्रामा करिब ५ हजार भक्तजनहरुको सहभागिता रहेको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले जनाए का छन। गाउँपालिका र देशमा शुख शान्ति र स्मृद्वी छाअोस भन्दै यो श्री सप्तचण्डी महायज्ञ भईरहेको अध्यक्ष यादवले बताए । श्री सप्तचण्डी महायज्ञ बिहिवारको दिन नेपालका उपराष्टपति रामसहाय यादव ज्यु बाट उद्घाटन गरि महायज्ञ लाई अारम्भ गर्ने अायोजक कमिटिले जनाएका छन।
जल यात्रा कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव,गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राजेश रौनियार, मेला महायज्ञ समिति अध्यक्ष धर्मेन्द्र ठाकुर लोहार,सचिव मोतिलाल ुाह कानु,अचार्य मुकुन्द स्वामी,चन्दन सहनी ,अभिताबचन प्रसाद ,धर्म साह तेली लगायत ५ हजार महिला ,पुरुष , बालिका हरुको सहभागिता रहेको थियोे ।
श्रीसप्तचण्डी महायज्ञमा नेपाल भारतका अचार्य ,कथाबाचक , अयोध्या,बृदाबनका रामलिला ,कलकार , र मेलामा मनोरंजनको लागि मौतकुवा,झुलवा,लगायत खेल तमासा लगायत अाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

