राजन कुमार बानिया
पर्सा १२ बैशाख
पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर गाउँमा बुधबार आगलगी हुदा पाँचवटा फुसको घर र घरको नजिकमा रहेको ब्रहम बाबाको रुख समेत अागलगीबाट जलेर नष्ट भएको छ। अागलगीबाट योगेन्द्र साहको घरबाट आगलगी सुरु भएको अागोबाट भरत साह कानु,हरिन्द्र साहकानु लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक तोजेन्द्र बिसीले जनाएका छन ।
आगलगीबाट घर ,फर्निचर ,अनाज कपडालता ,गरगहना,गरि लाखौको समप्ती जलेर नष्ट भएको छ। अागो कसरी समात्यो अकिन नभएको प्रहरीले जनाए को छ ।अागो नियन्त्रण गर्न स्थानिय बासी प्रहरी र पोखरिया नगपालिक बाटो गएको बारुणयन्त्रको सहयोगमा अागो नियन्त्रणमा लिएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

