नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम जिराभवानीमा सम्पन्न

पर्सा,११ बैशाख

नेपाली कांग्रेस पर्साले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

जिराभवानी गाउपालिकाको वडा नं ३ को जितपुर बरात भवन भएको प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै नेपाली कांग्रेसका पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ती यस्ताे प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए।

उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा नैरश्यता छाएको आराेप लगाए।पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने बताए ।

कार्यक्रममा अध्यक्षता गरेका नेपाली कांग्रेस पर्साका उपसभापति तथा प्रशिक्षक शाखाका पर्सा जिल्ला प्रमुख रामनारायण कुर्मीले नेपाली कांग्रेस पर्साका सम्पुर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाई दिन आग्रह गरेका थिए ।

त्यस्तै पर्सा क्षेत्र नं ४ क का प्रदेश सांसद शंकर चौधरीले नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए। उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा नैरश्यता छाएको आराेप लगाए।

आज भएको प्रशिक्षण कार्यक्रममा फुलमहम्मद मिया,जितेन्द्र पुरुष ढकाल,अमृत लाल जोशी,सरिता चौधरी,धिरज गुप्ता,सरोज चौरसिया,लगायतले बोलेका थिए भने उक्त कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी,पर्सा जिल्ला सचीव दिनेश चौधरी,नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम बहादुर थापा,प्रवक्ता रमेश पाण्डे,पर्सागढीका पुर्ब गाउँपालिकाका अध्यक्ष लोकनारायण यादव,जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव,जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी,उपप्रमुख रेखा चौधरी,मनमोहन चौधरी,युवा नेता हरिन्द्र यादव,राहुल गुप्ता लगायत स्थानीय अगुवा तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवा विभिन्न प्रजातिका बोटबिरुवाहरुलाई बृक्षा रोपन गरि सुरुवात गरिएको थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!