Rashtriya Dainik

कक्षा ८ मा संस्थागत बिद्यालय तर्फ रामग्राम सगरमाथा एकेडमी नगर उत्कृष्ट

अनिल बनिया / विनोद नवलपरासी / ११ वैशाख

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र कक्षा ८ को परिक्षामा रामग्राम – ६ स्थित रामग्राम सगरमाथा एकेडमीका छात्र साधना अग्रहरी नगरभित्र संस्थागत बिद्यालय तर्फ उत्कृष्ट भएकी छिन् ।

रामग्राम नगरपालिका शिक्षा शाखाका नगर शिक्षा अधिकारी सुन्दर खनालका अनुसार ३ दशमलब ९७ जिपीए ल्याएर अग्रहरी नगरभित्र सवैभन्दा राम्रो नतिजा अर्थात उत्कृष्ट भएकी हुन् ।
यसैगरी रामग्राम १० स्थित मायादेवी ईग्लीस वोडिङ्ग स्कुलका बिद्यार्थीद्धय ३ दशमलव ९५ जिपीए सहित सत्रुघन राठोर र नवीन पौडेल द्धितिय हुन सफल भएका छन् । भने रामग्राम १ स्थित सयपत्री मावीका बिद्यार्थी ३ दशमलव ९४ जिपीए सहित तृप्ती चौधरी तिर्तिय स्थान हासील गर्न सफल भएकी छिन् ।
यसैगरी सामुदायीक बिद्यालय तर्फ रामग्राम १८ स्थित राष्ट्रिय मावी पण्डीतपुरका बिद्यार्थीले ३ दशमलव ८८ जिपीए सहित प्रथम यसैगरी रामग्राम १४ स्थित जनता मावी डैनहवाका बिद्यार्थीले ३ दशमलव ८३ जिपीए सहित दोस्रो र आर्दश मावी परासीका बिद्यार्थीले ३ दशमलव ७४ जिपीए सहित तेस्रो स्थान हासील गरेको शिक्षा शाखाले जनाएको छ ।

यसैगरी रामग्राम ९ स्थित जनता आधारभुत बिद्यालयले यस पटक कुल बिद्यार्थी मध्ये ७० दशमलव ५९ प्रतिशत बिद्यार्थी उर्तीण गराई नगरमा सवैभन्दा बढी बिद्यार्थी पास हुने बिद्यालय बन्न सफल भएका छ ।

यस पटकको कक्षा ८ को परिक्षामा रामग्राम नगरपालिका भित्र १६ संस्थागत र १५ वटा सामुदायीक बिद्यालय गरी ३१ वटा बिद्यालयका एक हजार एक सय ६१ जना बिद्यार्थी सहभागी भएका थिए । पछिल्लो पटक रामग्राम नगरपालिका भित्र अघिल्लो बर्षको तुलनामा कक्षा ८को नजिता अनुसार शिक्षा अवस्था थप सुधार हुदै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित