Rashtriya Dainik

सरावल गाउँपालिका अध्यक्ष चौधरीद्वारा सरावल ६ को वडा कार्यालय शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी ,१० बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ को कार्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

साेमबार एक कार्यक्रम बिच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले भवनको शिलान्यास गर्नु भएको हो ।

भवनको कुल लागत १ करोड १६ लाख ६२ हजार रहेकोमा कृष्ण कन्ट्रक्सनले ७८ लाख ६ हजार ६४४ मा ठेक्का संझौता गरी काम गर्ने भएपछि शिलान्यास गरिएको सरावल गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष छाेटेलाल गुप्ताले बताउनुभयो ।

वडा कार्यालय भवन प्रदेश समपुरक योजना अन्तर्गतको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लागतमा बन्ने पालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।

वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, वडा नं. ६ का अध्यक्ष छोटेलाल गुप्ता, वडा नं. ६ का पूर्व अध्यक्ष कैलाश यादव, स्थानीय समाजेसेवी एवं बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित