सरावल ६ को कुबेर बचत तथा ऋण सहकारी स‍स्थाकाे सुविधा सम्पन्न कार्यालय समुदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी ,११ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ स्थित कुवेर बचत तथा ऋण सहकारी संस्था लिको सुविधा सम्पन्न कार्यालय भवन साेमबार समुदघाटन गरिएको छ ।

एक कार्यक्रमका बीच सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले भवनको उद्घाटन गर्नु भएको हो ।

वि.सं. २०७१ सालमा स्थापना भएको कुवेर साकोसले विगत १० बर्षदेखि संस्थालाई भाडाको भवनमा सञ्चालन गर्दै आएको थियो । अहिले ६५ लाखको लागतमा आफ्नै सहकारी भवनबाट शेयर सदस्यलाई सेवा दिन पाएकोमा सहकारी अध्यक्ष योगेन्द्र प्रसाद बानियाले खुसी व्यक्त गर्नु भयो ।

सहकारीको भवन समुदघाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष वासमती हरिजन, वडा नं. ६ का अध्यक्ष छोटेलाल गुप्ता, वडा नं. ७ का अध्यक्ष ह्यात खाँ धुनियाँ, संस्थाका सचिव युवराज मौर्य, सञ्चालक समितिका सदस्य जय गोविन्द यादव लगायतले शुभकामना व्यक्त गर्नु भएको संस्थाका व्यवस्थापक लक्ष्मण कोइरीले जानकारी दिनु भयो ।


कुबेर साकोसले हाल सरावल, सुस्ता र पाल्हीनन्दनमा पनि सेवा केन्द्र स्थापना गरी शेयर सदस्यहरुलाई सेवा गर्दै आइरहेको छ । संस्थामा हाल ४ हजार वढी सदस्यहरु रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!