राजन कुमार बानिया /पर्सा, ११ बैशाख
पर्साको पोखरिया नगरपालिकामा रहेको शिव मन्दिरको श्री शिव परिवारको प्राणप्रतिष्ठा सह श्री शिव महापुराण कथा ज्ञान महायज्ञको अवसरमा अाज कलश यात्रा निसके छ।
कलश यात्रा शिव मन्दिर प्राङ्गणबाट ७ सय ५१ जना कन्या कुवारीहरुले कलश जलयात्रामा सहभागी भएको थियो।
शिव मन्दिर प्राइण काट बाजागाजासहित निसकेको कलश यात्रा पोखरिया बजार , सेमरबारी चौक हुँदै भदराहा मन्दिर नजिक रहेको उतरबाहनी नदीमा जल भरेर पुन्ह पोखरिया शिव मन्दिर स्थलमा पुगि कन्याकुवारीहरुले कलश राखिएको थियोे।
पोखरियामा रहेको एतिहासिक शंकर भगवानको शिव मन्दिर रहेकोले नव निर्मित शिव मन्दिरको प्राणप्रतिष्ठाको लागी कलश यात्रा निकालिएको थियो।

शिव मन्दिरको संरचना पुरानै रहेकोले नगरपालिकाको सहयोगमा मन्दिरको निर्माण गरि सो नवनिर्मित शिव मन्दिरमा प्राणप्रतिष्ठा गर्ने भएको पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले बताए ।
पोखरिया मन्दिरबाट निसकेको कलश जल यात्रामा पुर्व मेयर दिपनारायण रौनियारले भने यो शिव मन्दिरको निर्माण कार्यको लागि ०७५/७६ सालमा ठेका लगाएको थियोे ।
२ करोड ५० लाखमा ठेका निसके थियो भने १ करोड ९८ लाखमा अर्चना कन्ट्रक्सनले निर्माण गर्न जिमा लिएको थियो ।
यो शिव मन्दिरको शिलान्यास दिपनारायण रौनियारले गर्नु भएको थियो। पाँच वर्ष पछी निर्माण कार्य सम्पन्न भएर शिव मन्दिर प्राणप्रतिष्ठा भईरहेको हो। कलश यात्रामा संविधान सभा सदस्य रामेश्वर रौनियार ,उपमेयर रुबि ठाकुर,प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तव,वडा अध्यक्ष लक्ष्मण साह, रामप्रबेश चौहान,महेन्द्र महतो,प्रमोद गिरी, नौसाद अालम,प्रमान्नद कुर्मी,सोनालाल साह गोढ,सियान्नद चौहान, किशोरी साह,केदार महतो,नेता नजामुदिन समानी, राजु साह, सशस्त्र प्रहरी बल पोखरियाका डिएसपी बिक्रममणी अधिकारी,ईप्रका पोखरिया का प्रनि मोहन बिक्रम केसी,लगायत जल यात्रामा महिला ,पुरुष बालबालिकाहरु गरी ४ हजार भन्दा बढि भक्तजन हरुको सहभागी रहेको थियो ।
भारत मोतिहारीका अचार्य रामप्रकास गर्ग जी महाराजले पुजापाठ र प्रबचन गराउने छन । भारत अरेराजका अचार्य सुशील कुमार मिश्रा,अचार्य विशाल तिवारीले ११ गते महापुरान कथा सुरु गर्ने १२ र १३ गते प्रबचन पुजापाठ गरिने शिवमन्दिरको प्राणप्रतिष्ठा १४ गते हुने र शंकर भगवानको मुर्ती स्थापना हुने अायोजक कमिटीले जनाएका छन।

कलश यात्रा परिक्रमाको क्रममा ठाउँ ठाउँमा फ्रुटी,पानी,फलफुल बितरण कार्यक्रम डाक्टर वकिल मियाँ ,दिपनारायण रौनीयार,नौसाद अालम,संतोष महतो, र नगरपालिकाको सहयोगमा बितरण समेत गरिको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

