Rashtriya Dainik

सशस्त्र प्रहरी निरीक्षकलाई बिदाई तथा बिओपी प्रमुखलाई स्वागत

आरपि उपाध्याय / नवलपरासी ,११ बैशाख

सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्म अन्तर्गत त्रिवेणी बिओपिमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकलाई फेरि भेटौला र सरुवा भइ आउनु भएका बिओपी प्रमुखलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपिमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनी प्रसाद पल्ली मगरले आठ महिना सेवा गरि सरुवा हुनु भएकोमा उहाँलाई फेरि भेटौला तथा बिओपी प्रमुखका रुपमा आउनु भएका सशस्त्र प्रहरी निरीक्षक बिबेक लामिछानेलाई स्वागत गरिएको थियो।

कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाहले फेरि भेटौला भन्ने शब्द आफैमा नमिठो भएपनी राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न राष्ट्र सेवकहरुको आउनेजाने क्रम स्वभाविक प्रक्रिया मान्नुपर्ने धारणा राख्नुभयो।
सो अवसरमा स्थानीय समाजसेवी निरन्जन थापाले विनयी त्रिवेणीको वडा न.६ र ७ दुबैमा अवसर र चुनौती रहेकोले पदभार ग्रहण गर्ने बिओपी प्रमुखले विकृति र विसङ्गतीलाई हटाउने तर्फ कृयाशिल रहनुपर्ने बताउदै लागू औषध दुर्व्यसनिले जरो गाडेको गण्डक ब्यारेज नाका र आसपासका ईलाकालाई कडाइका साथ निगरानी बढाउनु पर्ने सुझाव दिनुभएको थियो।


कार्यक्रममा सरुवा भइ आउनुभएका सशस्त्र प्रहरी निरीक्षक लामिछानेले सबैको साथ सहयोगलाई आत्मसात गर्दै राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न आफू तनमनले समर्पित रहने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा स्थानिय संघसंस्थाका प्रतिनिधि,समाजसेवी,राष्ट्र सेवक कर्मचारी,जनप्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित