Rashtriya Dainik

नेपालका प्रथम केमिकल ई राजदास श्रेष्ठको श्रद्धाञ्जली सभा

साँखु । नेपालभाषा सेवी, समाजसेवी, बैज्ञानिक तथा नेपालको पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको गुणानुस्मरण गरी श्रद्धाञ्जली सभा आयोजना भएकाे छ ।

साँखुको भगवती मा.वि. भौध्वाखा, याल्माज्वमा भएको श्रद्धाञ्जली सभामा नेपालभाषाको उत्थान तथा नेपालको पहिलो केमिकल इन्जिनियर भई उहाँले दिनु भएको योगदानका कदर स्वरुप एक मिनेट मौनधारण तथा कार्यक्रम उपस्थित महानुभावहरुले माल्र्यापर्न तथा पुष्प गुच्छा चढाई आत्माको चिर शान्तिको कामना गरेको थियो ।

महाकवि गिरिजाप्रसाद जोशी लुमन्ती प्रतिष्ठान र तरेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको श्रद्वाञ्जली सभामा तरेली साहित्य प्रतिस्थानका रमेश भट्टराई, कबिन्द्रलाल प्रधान, बरिष्ठ पत्रकार नरेशबीर शाक्य, नेवाः देय् दबूया संस्थापक अध्यक्ष संरक्षक नरेश ताम्रकार, नेपालभाषा एकेडेमीया भ्वाइस चान्लर मल्ल के. सुन्दर, कुन्ज जोशी, साहित्यकार तेज बहादुर योन्जनले बहु आयामिक व्यक्तित्वका धनी दिवंगत राजदास श्रेष्ठको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

साहित्यकार रामेश श्रेष्ठले रच्नु भएकाे कविता वाचन तथा लोककवि राजभाई जःकमिले नेपालभाषामा रचिएकाे राजदासया लुमन्ती चिनाख ९कविता० वाचनका साथै कार्यक्रमका सभापति रामेश्वर श्रेष्ठ शैलेन्द्र सभापतित्वमा सम्पन्न भएको श्रद्वाञ्जली सभा कार्यक्रममा दिवंगत ई राजदास श्रेष्ठका जेष्ठ सुपुत्र सासा श्रेष्ठले कार्यक्रममा पाल्नु भएका सम्पूर्ण महानभावहरुलाई धन्यवाद ज्ञापन गरे ।

सो कार्यक्रम महाकवि गिरिजा लुमन्ती प्रतिस्थानका संस्थापक अध्यक्ष यज्जु जोशी र कान्छा प्रसाद तिवारीले कार्यक्रम सञ्चालन गरेकाे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित