राष्ट्रिय दैनिक /नवलपरासी , १० वैशाख ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री खड्ग बस्नेतले मतदाताले गर्व गर्न लायक जनप्रतिनिधि बन्ने गरि काम गर्ने बताउनुभएको छ। प्रदेश सरकारले पूराना अधुरा योजना सम्पन्न गरेर मात्र नयाँ योजना अघि सार्ने नीति लिएको उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आज आयोजना गरेको योजना प्राथमिकिकरण तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आवश्यकताका आधारमा योजना छनौट गर्न जोड दिनुभयो । योजना छनौट गर्दा लाभान्वित हुने जनसंख्या, आर्थिक, रोजगारी, सांस्कृतिक लगायतका हिसावले मूल्यांकलन गर्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “विकासको निर्माणको काम बाटो, पुलपुलेसा लगायतका पूर्वाधार बनाउने कुरा आफ्नो वडामा प्राथमिकता हुन सक्छ, तर पर्यटन र सांस्कृतिक महत्वसँग जोडिएका क्षेत्रको विकास गर्न समग्र पालिकाको हिसावले सबैभन्दा महत्वपूर्ण स्थललाई पहिलो र अन्यलाई क्रमशः प्राथमिकिरण गरि विकास गर्न सकेमात्र विकासले फड्को मार्न सकिन्छ, प्रत्येक ठाउँमा मन्दिर, पार्क, स्तुप बनाउन थाल्ने हो भने बजेट छर्ने मात्र काम हुने र प्रतिफल नआउने हुन्छ ।”

मन्त्री बस्नेतले सरावल गाउँपालिकाले अघि सारेका रजहवा वनवाटीका, मधेस सांस्कृतिक पार्क, थारु सांस्कृतिक पार्क लगायतका पर्यटकीय योजनाको प्राथमिकता निर्धारण गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले अहिले पूराना योजनालाई सम्पन्न गरि प्रयोग ल्याएर मात्र नयाँ योजना अघि सार्ने तयारी गरेका छौं, बाटो, पुलपुलेसा, खानेपानी लगायतका योजना पूराना निर्माण सम्पन्न नहुँदै नयाँ योजना थप गर्ने प्रवृत्ति रहेकोले प्रदेश सरकारले पूराना योजनालाई सम्पन्न गर्ने नीति अघि सारेको छ, आउने आर्थिक वर्षमा हामीले यस क्षेत्रका खानेपानी योनजाहरु सम्पन्न गर्ने लक्ष्य लिएका छौं”

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

