Rashtriya Dainik

आगलागी पीडितहरुलाई नेता कण्डेलद्वारा आर्थिक सहयोग

उमेश बि.क / नवलपरासी ,९ बैशाख

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ पडरीमा भएको आगलागी पीडितलाई काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले आर्थिक सहयोग गर्नुभएको छ ।

आइतबार नेता कण्डेलले आगलागी क्षेत्र स्थलगत अवस्था बुझ्दै पिडित परिवारलाई सहानभुती ब्यक्त गर्दै राहत स्वरुप २ घर परिवारलाई ११ हजारका दरले आर्थिक सहयोग गर्नुभएको हाे।

त्यस्तै ९ परिवारजनमा जनही ६ हजारकाे दरले आर्थिक सहयोग प्रदान गर्नुभएको हाे।

पिडित परिवारको पिडामा मलहम लगाउन थोरै भएपनि राहात स्वरुप नगद सहयोग गरिएको कांग्रेस नेता कण्डेलले बताउनुभयो ।

बैशाख ७ गते पाल्हिनन्दन ६ पडरीमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएकाे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित