आरपि उपाध्याय / नवलपरासी ,९ बैशाख
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत प्रहरीले एक थान भरुवा बन्दुक सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.३ सुनइ बस्ने वर्ष ३६ को तारा बहादुर चिडीलाई घरमा बन्दुक लुकाइराखेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक पदमराज थापाको कमान्डमा गएको प्रहरी टोलीले एक थान भरुवा बन्दुक सहित घरधनी चिडीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
भरुवा बन्दुक सहित प्रहरीको नियन्त्रणमा परेका स्थान ईलाका प्रहरी कार्यालय दुम्किबासदेखी १६ किलोमीटर उत्तरतर्फ रहेको छ भने पक्राउ परेका बन्दुक सहितको अभियुक्तलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
विनयी त्रिवेणी ३ सुनइमा राखिएको भरुवा बन्दुक प्रकरण छानबिन हुँदा केही व्यक्ति फरार रहेको पनि बताइएको छ।
त्यसैगरी कावासोती नगरपालिका १६ स्थित ४० किलोमीटरको जङ्गलमा प्रहरीद्वारा गरिएको चेकजाँचमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना५ख७६३३ को बसबाट लमजुङ जिल्ला,बेसी सहर नगरपालिका २ भकुन्डे बस्ने वर्ष २० को अनिल थापाको झोलाबाट ठूलो परिणाममा लागू औषध फेला परेको हो।
प्रहरीद्वारा बरामद गरिएको लागू औषधमा नुफिन २०० एमपुल, फेरागन २०० एमफुल, डाइजापान २०० एमफुल गरि जम्मा ६०० एमफुल प्रतिबन्धित लागू औषध फेला पारिएको थियो।
लागू औषध बोकि हिड्ने अभियुक्त थापालाई थप कानुनी कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय कावासोती पठाइएको प्रहरीले जानकारी दिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

