राष्ट्रिय दैनिक / नवलपरासी , ६ वैशाख।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका नेकपा एमाले कमिटी अध्यक्षमा सुरेश प्रसाद यादव निर्वाचित हुनुभएको छ ।
एमाले सरावल गाउँपालिका कमिटीको आज सम्पन्न दोस्रो अधिवेशनले पुनः यादवको नेतृत्वमा २८ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा देवेन्द्र शर्मा भट्टराई, सचिवमा नगेन्द्र चौधरी र उपसचिवमा मोहम्मद धनी कुजडा र नैना कुमारी चौधरी निर्वाचित हुनुभएको एमाले जिल्ला सचिवालय सदस्य देवराज श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनको नेकपा एमालेका केन्द्रीय सल्लाहकार खिमलाल पोखरेलले उद्घाटन गर्नुभएको थियो।
उक्त अवसरमा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, प्रदेश सदस्यहरु देवराज चौधरी, बासमति हरिजन, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, सचिव धीरज बस्याल, उपसचिव राजन आचार्य, जिल्ला सचिवालय सदस्य जगदीश चौधरी, जिल्ला सदस्य सुखाडी प्रसाद चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

