Rashtriya Dainik

नवलपरासीको पाल्हिनन्दनमा आगलागी हुँदा ११ घर जलेर नष्ट

राष्ट्रिय दैनिक / नवलपरासी ,७ बैशाख

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ पडरीमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् ।

आगलागीमा ८ वटा बाख्रा पनि मरेको पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको अध्यक्ष गुप्ताले बताउनुभएको छ ।


दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो ।

पुर्ण रुपले क्षतीग्रस्त भएका घरहरुको परिवारलाई खाद्यवस्तु तथा दैनिक रुपमा प्रयोग हुने समाग्रीहरु पालिका अध्यक्ष गुप्ताले उप्लब्ध गराउनुभएकाे छ।

आवश्यकताकाे अधारमा अन्य सहयोग पालिकाबाट छिट्टै उपलब्ध गराउने अध्यक्ष गुप्ताले प्रतिबद्धता जनाउनु भएको छ।

गर्मी बढेसँगै हावाहुरी चल्दा तराइका जिल्लामा आगलागीको जोखिम थप बढेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित