कपिलवस्तु ,बैशाख ७
भारत जिल्ला सिद्धार्थनगर ग्राम पोखरभिटवा पोष्ट पंचगवा बस्ने ४५ बर्षिय जमाल अहम्मदलाई हत्या गरेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ । अपहरण र हत्यामा संलग्न व्यक्तिहरुलाई छोटो समयमै कपिलवस्तु प्रहरीले पक्राउ गरि बैशाख ७ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
भारतीय नागरिकलाई बिहिबार दिउसो ४ः३० बजे कपिलवस्तुको मायादेवी गाउँपालिका ४ बिजुवाबाट अपहरण गरेका थिए । चार जनाको समुहमा रहेका आरोपीतहरुले युपी ५५ एएच २०५७ नम्बरको मोटरसाईकलमा सवार अहमदलाई कुटपिट गरि अपहरण गरेर नम्बर नखुलेको हरियो अटो रिक्सामा पिपरा गाउँ तर्फ लगेको प्रहरीले प्रारम्भिक सुचना पाएको थियो ।
सोहि सुचनाका आधारमा प्रहरीले आरोपीहरु जिल्लाको मायादेवी २ अभिरावका ४१ वर्षीय रमजान भन्ने अब्दुल अलि मुसलमान, सोही गाउँका ३७ वर्षीय सुब्बा भन्ने नजामुद्दिन मुसलमान र ३२ वर्षीय अक्रम मुद्दिन मुसलमानलाई बिहिबार राती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
नियन्त्रणमा लिएका आरोपीहरुको बयानका आधारमा उनीहरुले अटो रिक्सामा अपहरीत जमाललाई पिपरा, बलुहवा हुदै बडसुडवा पुर्याउदाँ अटो बिग्रीए पछि सोही स्थानमा आरोपीत अक्रम मुद्दिन मुसलमानले लु ८२ प १३०० नम्बरको मोटर साईकल दिएको खुल्न आएको छ । सो पश्चात अब्दुल अलि र नजामुद्दिन मुसलमानले अपहरण गरिएका जमाल अहमदलाई मोटरसाईकलमा राखि अभिरावको बगैंचामा पुर्याएर कुटपिट गरि हातखुट्टा बाधेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ ।
हत्या पश्चात उनीहरुले अभिरावको मदरसा ईस्लाहुल मुस्लेमिनको कोठामा राखेर ताल्चा लगाएको बयान दिएको प्रहरीले जनाएको छ । सो सुचनाको आधारमा प्रहरीले मदरसाबाट जमाललाई उद्दार गर्दा उनको मृत्यु भै सकेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
तिन बर्ष अघि आरोपीत रमजान भन्ने अब्दुल अलिले आफुले मृतक जमाललाई ५ लाख रुपैया दिएको र सो रकम फिर्ता नगरे पछि कुटपिट गरि हत्या गरेको बयान दिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनु भयो । पक्राउ परेका तिनै जना आरोपीतहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटना थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

