Rashtriya Dainik

उत्थानशील समुदाय बिकासको लागि जिविकोपार्जन तथा शिक्षा सवलीकरण नगरस्तरिय अभिमूखिकरण सम्पन्न

पार्वती आचार्य /कपिलवस्तु ,बैशाख ७

उत्थानशील समुदाय बिकासको लागि जिविकोपार्जन तथा शिक्षा सवलीकरण (विलिफ) नगरस्तरिय कार्यक्रम अभिमुखिकरण बाणगंगा नगरपालिकामा सम्पन्न गरिएको छ । स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग तथा बाणगंगा नगरपालिकाको समन्वयमा सरोकारवालाहरु बिच अन्तरक्रिया सम्पन्न गरिएको हो ।
सो अवसरमा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सिद्धार्थ सामाजिक बिकास केन्द्रद्वारा संचालित संवाद कार्यक्रमले नगरपालिका अन्तरर्गतका किशोरीलाई सक्षम र सशक्तिकरण गर्न मद्दत पु¥याई उनिहरुमा परिवर्तन ल्याएको बताउनु भयो ।
नगरपालिकाको वडा नं. ७ , ८ र ९ अन्तरर्गत १ हजार ९ सय घरधुरीमा सुचारु हुने (विलिफ) कार्यक्रमले किशोरीहरुलाई गुणस्तरिय समावेशी शिक्षा , मानसिक तथा मनोसामाजिक सहयोग र जीवीकोपार्जन तथा रोजगारीको सृजना गर्न समेत टेवा पु¥याओस भन्ने शुकामना दिनु भयो । यस संस्थाले कृषिक्षेत्रलाई समेत प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । कार्यक्रमलाई शसक्त रुपमा अगाडी बढाउन दक्षजनशक्ति परिचालन गर्न आग्रह गर्दै यस नगरपालिकाको छवि उच्च राख्न नगरको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले कार्यक्रमको शुभकामना दिंदै (विलिफ) कार्यक्रमलाई सफलपार्न नगरवासी लाग्नुपर्नेमा जोडदिनु भयो । कार्यक्रमलाई सफल पार्नका लागि पहिलो आवश्यकता भनेको शिक्षा हो यस बिषयमा सम्पूर्ण सरोकारवालाहरु संबेदनसिल हुन आवश्कता भएको बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत मरासिनीले कामको बजारीकरण हुनु भन्दा पनि व्यवहारिकीकरण हुन जरुरी भएको बताउनु भयो ।
यसैगरी उपमेयर रिता कुमारी चौधरीले कार्यक्रमको शुभकामना दिंदै नगरका सिमान्तकृत समुदायमा बिभिन्न संवाद कार्यक्रमहरु संचालनले किशोरीहरुमा परिवर्तन ल्याएको बताउनु भयो । नगरपालिकाको तिन वटा वडाहरुमा संचालन हुने यस कार्यक्रमबाट १ हजार ९ सय घरधुरीका विपन्न तथा सिमान्तकृत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थामा सुधार ल्याउनुका साथै किशोरी मात्र नभई उन्नाईस सय घरधुरीका सबै परिवारमा सफलता ल्याओस भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रमका प्रबन्धक प्रकाश घिमिरेले कार्यक्रको बारेमा बिस्तृत रुपमा जानकारी दिंदै सन् २०२८ को अन्त्य सम्ममा १ हजार ९ सय घरधुरीका बिपन्न तथा सिमान्तकृत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थामा सुधार ल्याउने कार्यक्रमको लक्ष रहेको बिषयमा बिस्तृत रुपमा जानकारी दिनु भएको थियो ।


कार्यक्रम बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालको अध्यक्षतामा सिद्धार्थ सामाजिक बिकास केन्द्रका निवर्तमान अध्यक्ष तेजप्रसाद आचार्यको स्वागत मन्तव्य तथा बरिष्ठ कार्यक्रम संयोजक आर.टी.खानको संचालनमा सम्पन्न कार्यक्रममा नगर प्रवक्ता बिस्नु प्रसाद पौडेल , नगरका सम्पूर्ण वडाका वडा अध्यक्षहरु नगरपालिकाका बिभिन्न शाखा प्रमुखहरु , इन्सेक प्रतिनिधि लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु , संचारकर्मी लगाएतको उपस्थित रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित