आरपी उपध्याय
श्री त्रिवेणी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह (विनयी त्रिवेणी) को दसौं वार्षिक साधारणसभा त्रिवेणी धाममा सम्पन्न भएको छ।
सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तारा बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडा सदस्य विष्णुप्रसाद चौलागाईंले वन पैदावारलाई जोगाउनु प्रत्येक नागरिकको परम कर्तव्य रहेको धारणा राख्नुभयो।
साधारणसभामा संस्थाका कोषाध्यक्ष डिम्बर बहादुर राउतले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी त्रिवेणी उपशाखा सभापति रन्नता काफ्ले,नेपाली काङ्ग्रेसका वीर बहादुर ठकुरी,चिरञ्जीवी ढुंगाना,धन बहादुर कुवर लगायतले वन उपभोक्ता समुहको चुनौती र अवसरबारे आफ्नो धारणा राख्नुभएको थियो।
समितिकी सदस्य राम कुमारी चौधरीको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई विशाल सिङ भण्डारीले सञ्चालन गर्नुभएको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

