Rashtriya Dainik

सरावल स्वास्थ्य चौकीकाे निर्माण कार्य सम्पन्न ,छिट्टै सञ्चालन हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,७ बैशाख

पश्चिम नवलपरासीक सरावल गाउँपालिका वडा नं.३ को स्वास्थ्य चौकी भवन निर्माणकार्य सम्पन्न छ । नवनिर्मित भवन सम्पन्न भए पछि स्वास्थ्य शाखामा खुम्चिएको स्वास्थ्य चौकी केही दिनमा आफ्नै भवनमा सञ्चालन हुने भएको छ ।

स्वाास्थ्य चौकीका लागि आफ्नै भवन निर्माण भए पछि स्वतन्त्र रुपमा स्वास्थ्यचौकी सञ्चालन हुने गाउँपालिकाले जनाएको हो ।
तत्कालिन सरावल गाविस हुदा गाविस भवनमा रहेको स्वास्थ्य चौकी पछि सो गाविस भवनमा गाउपालिका कार्यालय तथा स्वास्थ्य शाखा सञ्चालनमा आए देखी दुई वटा साना कोठामा सञ्चालन हुदै आएको थियो । दुई बर्ष पहिला स्वास्थ्य चौकी भवनका लागि गाउपालिकाले बजेट विनियोजन गरि छुट्टै भवन निर्माणका लागि ठेक्का भएको थियो,अहिले भवनको काम सम्पन्न भई सकेको छ । केही दिनमा सो स्वास्थ्य चौकी सञ्चालनमा आउने गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।

अहिले सो वडाको स्वास्थ्य चौकीमा प्याथोलोजी(ल्याब) सेवा समेत सञ्चालन हुदै आएको छ,तर भवन प्रयाप्त नहुदा सेवा सञ्चालनमा समस्या हुदै आएको अध्यक्ष चाैधरीले बताउनुभयो । नवनिर्मित भवनमा स्वास्थ्य चौकी हस्तानान्तर भए पछि स्वास्थ्य चौकी सञ्चालन सहज हुने वहाँले बताउनुभयो ।
वहाँका अनुसार कुल ७६ लाख ८८ हजार लागत अनुमान भएको उक्त स्वास्थ्य चौकी भवन कृष्ण कन्ट्रक्सन बुटवल ११ ले ५९ लाख १४ हजार १ सय ८६ रुपियामा ठेक्का सकार गरि निर्माण कार्य शुरु भएको थियो ।

२०७९ चैत्र २८ गते भएको भवन निर्माण सम्झौतामा २०८१ बैशाख २८ गते भित्र सम्पन्न गर्ने म्याद तोकिएको थियो । भवन प्रयोग गर्ने गरि काम भई सकेको छ । तर सो भवन अहिले पालिकालाई हस्तानन्तर भएको छैन्, वहाँले भन्नुभयो ,हस्तानान्तरण पश्चात स्वास्थ्य चौकी आफ्नै भवनमा सरेर जान्छ, प्रयाप्त पुर्वाधार भए पछि त्यहा बर्थिगँ सेन्टर लगायत अन्य सुविधाहरु थप्दै लैजाने लक्ष्य समेत रहेको बताउनुभयो । सरावल गाउपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको अध्यक्ष चौधरीको दाबी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित