Rashtriya Dainik

सामाजिक सदभावकाे लागि रामलिला जरुरी छ : समाजसेवी जन्मेजय यादव

राष्ट्रिय दैनिक / नवलपरासी ,६ बैशाख

सामाजिक सदभावकाे लागि रामलिला जरुरी रहेको समाजसेवी जन्मेजय यादवले बताउनु भएको छ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ रमपुरवा सन्चालित श्री श्री १०८ श्री रुद्र महायज्ञकाे ९ औं दिनकाे रात्रीकालिन रामलिलालाई उदघाटन गर्दै समाजसेवी यादवले मर्यादा पुरुषोत्तम रामचन्द्रको जीवन कहानीमा आधारित रामलिला नाटक मन्चनबाट सामाजिक सदभाव, राज्य व्यवस्था प्रतिको उत्तरदायित्व, भातृ प्रेम, पिताको पैतृक आज्ञा, राष्ट्र प्रमुखको राष्ट्र प्रतिको माया र जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने भएकोले रामलिला हुन जरुरी रहेको बताउनु भएको हाे।


रामलिलाबाट टाढा टाढा रहेका इष्टमित्र, भाइबन्धुहरुसितको भेटघाट, सामाजिक सदभावको नविकरण हुने गरेकोले यस्ता सामाजिक तथा धार्मिक नाटकहरुबाट विमुख हुदै गरेको समाजिक सदभाव, खलबलिनबाट बचाउने तथा वर्तमानका युवा पिँढीहरुकालागि समेत ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिनुभएको थियो ।

वहाँले सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार,आस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि रामलिलाले ठुलाे भुमिका खेलेकाे भन्ने कुरामा जाेड दिनुभएको थियो ।

बुधबार रामलिला हेर्ने दर्शकहरुकाे उल्लेख्य उपस्थिति रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित