सहकारी शिक्षा सम्बन्धि एक दिने अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

पार्वती आचार्य /कपिलवस्तु, बैशाख ५

सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ४ ठाकुरापुर कपिलवस्तुको आयोजनामा सहकारी शिक्षा सम्बन्धि एक दिने अन्तरक्रिया तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा सहकारीका बरिष्ठ सल्लाहकार ईन्दिरा पन्तले सहकारीलाई आर्थिक रुपमा अगाडी बढाउनका लागि सेयर सदस्यहहरुको बृद्धि गर्न संचालक समितीका पदाधिकारीहरुलाई सुझाव दिनु भयो । यसैगरी पन्तले जनप्रतिनिधिहरुले भाषणमा बोल्दा धेरै कुराहरुमा आशस्वासन दिंदैं हुन्छ भनेर बिश्वास दिलाएता पनि कार्यान्वयन गर्न नसकेको दाबिगर्नु भयो । यस सहकारीलाई अगाडी बढाउन महिला सहकारीहरुले महिला लक्षित कार्यक्रमहरु मागका लागि स्थानियतसंग दवाव दिनुपर्नेमा जोडदिनु भयो ।


यसैगरी सहकारीका सल्लाहकार तथा सहकारी अभियान्ता सरितादेवी ढकालले शहकारीमा आवद्ध रहेका पदाधिकारीहरुले सहकारीको निती र विधिको बिषयमा जानकारी हुन आवश्यक भएको बताउनु भयो । संस्थाको निती विधिमा टेकेर कार्यहरु संचालन गरे सहकारीमा कुनै पनि समस्याहरु नआउने बताउँदै संस्थालाई बलियो बनाउन संस्थाका पदाधिकारीहरु एकजुट हुनुपर्ने बताउनु भयो । संस्थालाई आर्थिक रुपमा बलियो बनाउन बिभिन्न आयआर्जन , उत्पादन र व्यवसाय तर्फ लाग्नु पर्नेमा जोडदिनु भयो ।
संस्थाका निवर्तमान अध्यक्ष नूमि शर्माले सहकारीलाई व्यवसायीक बनाउनका लागि बेसार खेती मात्र नभएर उँखु खेतीको व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । आफूले पनि पौडेल उँखु फारम दर्ता गरी हाल संचालनमा ल्याएको बताउनु भयो । शर्माले ३ कट्ठा जग्गामा उँखुखेती गरी व्यवसाय गर्दै आएको समेत जानकारी गराउनु भयो । संस्थाले पनि यसरी नै व्यवसायलाई संचालन गर्न सके संस्थाको आर्थिकमा बृद्धि हुने शर्माले बिश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा संस्थाका अध्यक्ष रमा पाण्डेले महिलाहरुले मात्र संचालन गरेको यस संस्थाको स्तरवृद्धि गर्न शेयर सदस्य तथा बचतकर्ता लाई बृद्धि गर्दै लैजाने बताउनु भयो । संस्थाका सचिव सुनिता सेनले सहकारी मार्फत महिलाहरुलाई उद्यमशिल बनाउन बिभिन्न सिपमुलक तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो ।
सहकारीमा आवद्ध महिलाहरुलाई कृष्टल चुरा र माला बनाउने तालिम , मुडा बुन्ने तालिम , व्यूटिपार्लर लगाएतका सिपमुलक तालिमहरु प्रदान गरिसकिएको र सो सिप पश्चात केही महिलाहरु व्यवसायी उद्यमी समेत बनेको सेनले जानकारी दिनु भयो । आगामी दिनमा यस्ता प्रकारका उद्यमशीलताका सिपमुलक कार्यक्रमको लागि सम्बन्धित स्थानियतहसंग पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।


संचाररिका समूह कपिलवस्तुका अध्यक्ष तथा मेचिकाली राष्ट्रिय दैनिकका प्रतिनिधि पार्वती आचार्यले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सके बिभिन्न प्रकारका हिंसाहरु भोग्न नपर्ने बताउनु भयो । सहकारी मार्फत उद्यमी बनेका महिला दिदी बहिनीहरुले उत्पादन गरेका सामाग्रीहरुको कलमको माध्यमबाट प्रचारप्रसार गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा सहकारीका संचालक समिती , लेखा समिती , सल्लाहकार , बिभिन्न उप समितीका पदाधिकारीहरुको सहभागिता रहेको संसथाका व्यवस्थापक विद्या शर्माले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!