वाल्मीकि आश्रममा रामनवमीको अवसर पारेर मेला तथा वार्षिक पुजन कार्यक्रम सम्पन्न

आरपि उपाध्याय/ नवलपरासी ,५ बैशाख

माणी नगरपालिका अन्तर्गत पर्ने वाल्मीकि आश्रममा रामनवमीको अवसर पारेर मेला तथा वार्षिक पुजन कार्यक्रम सम्पन्न भएको छ।
मर्यादा पुरुषोत्तम श्री रामको जन्म भएको दिनमा वाल्मीकि आश्रममा नेपाल भारतका ठूलो संख्याका भक्तहरुको उपस्थिति रहेको विश्व सनातन धर्म स्थापनार्थ सीतामाता मन्दिरका केन्द्रिय अध्यक्ष दिपक रायमाझीले जानकारी दिनुभएको छ।
जगत जननी सीता माताको धर्ती प्रवेश स्थलमा निर्माण भएको मुल मन्दिरमा विधि र धार्मिक प्रक्रिया अनुसार वार्षिक पुजा गरिएको थियो।


विश्व सनातन धर्म स्थापनार्थ जिल्ला समिती विनयी त्रिवेणी ६ र ७ को स्थानीय व्यवस्थापनमा आश्रममा आउने श्रद्धालु भक्तजनहरुलाई पानी र प्रसाद वितरण गरिएको जिल्ला समितिका कार्यवाहक अध्यक्ष विश्वमर्दन शाहले जानकारी दिनुभएको छ।
सुर्खेत निवासी गङ्गा प्रसाद सुवेदी (प्रभु) को प्रमुख संरक्षकत्वमा सीता माता मन्दिरको पुर्वाधार निर्माण गरि वार्षिक पुजापाठको आयोजनाको थालनी भएको केन्द्रिय समितिका उपाध्यक्ष यम प्रसाद धामीले बताउनु भयो।
भौगोलिक विकटताका कारण नेपालका भक्तजनहरु गण्डक ब्यारेज पार गरि भारत भुमि हुँदै नेपालको वाल्मीकि आश्रम पुग्ने बाध्यता हालसम्म पनि कायमै रहेकोे छ।
आश्रम पुग्न नेपाल सरकारले त्रिवेणी धामबाट झोलुङ्गे पुल निर्माण गरे पनि बाटोको अभावमा उक्त पुलबाट आवतजावत शून्य नै रहेकोे छ।


वाल्मीकि आश्रम अन्तर्राष्ट्रिय पहिचान बोकेको धार्मिक क्षेत्र भएपनी बाटो, विद्युत र शिक्षाको अभावमा ओझेलमा परेको पीडा हालसम्म पनि कायम नै रहेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!