राष्ट्रिय दैनिकको भित्ते पात्रो विमोचन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान-प्रदान

राष्ट्रिय दैनिक / नवलपरासी , ३ वैशाख

उमङ्ग मिडिया प्रा.लि द्वारा सञ्चालित राष्ट्रिय दैनिक अनलाइन मिडियाले भित्ते पात्रो विमोचन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार सरावल गाउँपालिकाको सभाहलमा एक कार्यक्रमबिच नयाँ वर्ष २०८१ को भित्ते पात्रो विमोचन तथा विगत लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका मिडियाका सञ्चारकर्मीलाई सम्मान गरेको हो ।


कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमति हरिजन , राष्ट्रिय दैनिककाे अध्यक्ष एवं कार्यकारी निर्देशक उमेश कुमार बि.क लगायतले भित्ते पात्रो विमोचन गर्नुभएको थियो ।

क्यालेन्डर बिमाेचन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले मिडिया देशकाे औथाे अंगकाे रुपमा काम गर्दै समाजकाे सचेतकाे रुपमा काम गरिरहेकाे छ। यश राष्ट्रिय दैनिक मिडिया छाेटाे समयमा निकै लाेकप्रियता कमाएको चर्चा गर्नुभएको थियो । नाम जस्तै काम गरिरहेकाेले राष्ट्रिय शब्दले सबैलाई आकर्ष गरेको अभिब्यक्ति दिनुभएको थियो । राष्ट्रिय दैनिकले पालिकाकाे सम्पूर्ण गतिविधि समेट्दै पालिकाकाे विकास निर्माण कार्य जनतासमक्ष पुर्याउने गरेको बताउनुभयो । पालिका नजिक मिडिया प्रतिनिधि भएकोले हरेक कार्यक्रममा आफुलाई सजिलो भइरहेको बताउदै मिडिया प्रवर्द्धनका लागि पालिकाले विशेष साथ सहयोग गर्ने बताउदै नयाँ बर्ष २०८१ काे शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , लेखापाल नरेश काेहार , वरिष्ठ पत्रकार आरपि उपाध्याय , पत्रकार देशबन्धु यादव, समाजसेवी बिनाेद कुमार पाण्डेय , समाजसेवी जन्मेजय यादव, समाजसेवी हरिलाल यादव लगाएतले राष्ट्रिय दैनिककाे कार्यको सराहना गर्दै विविध गतिविधिसँगै पत्रकारीता क्षेत्रबाट पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।


कार्यक्रममा बरिस्ठ पत्रकार आरपि उपाध्याय , पत्रकार देशबन्धु यादव, सन्जय कुशवाहा , रन्जित शर्मा, बिनाेद निगम लगाएतकाे कामकाे उच्च मुल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै अन्य अतिथिले पनि आ–आफ्ना भनाइ राखेका थिए । राष्ट्रिय दैनिक २०७७ साल माघ २२ गतेदेखि निरन्तर प्रकाशन हुँदै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!