राष्ट्रिय दैनिक / नवलपरासी ,२ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ गाेइनीमा कम्पियुटर तालिम कक्षाकाे उदघाटन एवं अभिमुखिकरण सुरुवात गरिएको छ।

ब्रदर एकेडेमी सेन्टर सरावल ३ गाेइनीकाे आयाेजनामा बृज काेर्ष CTEVT – Entrance तयारी र Computer तालिम कक्षाकाे उदघाटन एवं अभिमुखिकरण कार्यक्रमका एक कार्यक्रम बिच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले उदघाटन गर्नुभएको हाे।

ब्रदर एकेडेमी सेन्टरका सन्चालक सुनिल कुमार प्रजापतिकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रम कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले अहिलेकाे समयमा प्राविधिक शिक्षा सबैका लागि अनिवार्य रहेको बताउनुभएको हाे। स्थानीय स्तरमै ट्युसन सेन्टर भएकोले विद्यार्थीहरुकाे समय बचत हुनुको साथै गुणस्तरीय शिक्षा हासिल गर्न उपयुक्त माध्यम रहेको बताउनुभयो । अगामि दिनमा लागत साझेदारीमा विभिन्न प्राविधिक कक्षा सन्चालन गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा समाजसेवी दिब्यमणि पाेख्रेल , रबि पाण्डेय , समाजसेवी हरिालाल यादव ,पत्रकार उमेश बि.क , इमरान खान, फुलचन्द्र प्रजापति लगाएतकाे उपस्थिति रहेको थियो ।
ब्रदर एकेडेमी सेन्टरमा विभिन्न तयारी कक्षा सन्चालन हुनुका साथै कम्पियुटर कक्षा सन्चालन भइरहेको फुलचन्द्र प्रजापतिले जानकारी दिनुभएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

