राष्ट्रिय दैनिक / नवलपरासी ,३ बैशाख
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकामा आज देखि जनतासंग जनप्रतिनिधि कार्यक्रम सुरु भएकाे छ ।
आज प्रतापपुर गाउपालिका वडा नम्बर १ बाट सुरुवात गरिएकाे हाे। संबाद ,सहकार्य र बिकासकाे उदेश्य लिएर कार्यक्रम सन्चालन गरिएकाे पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

आज पहिलो दिन वडा नम्बर १ काे जमुनिया , शान्तिटाेल ,सिसहनिया ,कजडहिया ,भिठ्ठा ,उचमिटाणी टाेलमा पुगि जनताहरुसग जनप्रतिनिधि सबाद कार्यक्रम गरिएकाे छ ।
स्थानिय जनताहरुले खानेपानी समस्या, सडक निर्माण ,सिचाईका लागि बिद्युतिकरण लगायतका समस्याहरुबारे स्थानीयहरुले गाउपालिका जनप्रतिनिधिहरु समक्ष गुनासा गरेका थिए ।
जनताहरुकाे जिज्ञासाहरु सुनेर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जनताबाट अाएका समस्या काे समाधान गर्न अाफु प्रतिबद्ध रहेकाे बताउनु भयाे । गाउपालिका प्रशासनिक भवन ,प्रतापपुर चक्रपथ ,प्रतापपुर अस्पाताल , शैक्षिक बिकास ,सिचाईका लागि बिद्युतियकरण जस्ता कार्यक्रम सन्चालन रहेकाे स्थानिय जनतामा खुसियाली अाएकाे समेत अध्यक्ष यादवले दाबि गर्नु भयाे ।कार्यक्रम गापा अध्यक्ष उमेशचन्द्र यादव ,उपाध्यक्ष मानकुमारी चाैधरी ,वडा न १ अध्यक्ष वडा सदस्य ,पत्रकार ,स्थानिय हरुकाे सहभागिता रहेकाे थियाे ।
यसैगरि कार्यक्रम प्रत्येक वडामा १२ गते सम्म सन्चालन हुने बताईएकाे छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

