आरपी उपध्याय
जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठीले देशमा हुने सबै खाले परिवर्तनको जग नै शिक्षा रहेकोले शिक्षाको जग बलियो बनाउन सम्बन्धित सबै पक्ष कृयाशिल हुने बताउनु भयो।
बौद्ध बिहार अनुमा घाट सुस्ता ५ पश्चिम नवलपरासीको आयोजनामा विश्वरत्न बाबा साहेब डाक्टर भिमराव अम्मेडकरको १३४ औं जन्मजयन्तिको अवसरमा पुर्व मन्त्री समेत रहनुभएका त्रिपाठीले डाक्टर अम्मेडकरले तत्कालीन संकुचित समयको विरुद्ध परिवर्तनको पक्षमा बलियो आन्दोलनलाई सफलताको विन्दुमा पुर्याएर न्याय गरेको स्मरण गर्नुपर्ने समय आएको जिकिर गर्नुभयो।

एक प्रसङ्गमा त्रिपाठीले हाल देशमा अन्योलताले जरा गाडेको अवस्थामा प्राप्त उपलब्धिको रक्षा गरेर अगाडि बढ्नुपर्ने समय आएको धारणा राख्दै उहाँले सरकारमा बस्नेहरुले कुनै पनि बेला संविधान संसोधन गर्ने बाहानामा अप्रीय निर्णय गर्न सक्ने खतरा बढेको आशंका व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संविधान सभाका पुर्व सदस्य रामलखन हरिजनले शिक्षा र ज्ञान फरक विषय रहेपनी ज्ञान र शिक्षाको माध्यमबाट सामाजिक विकृतिको अन्त्य गर्न सकिने बताउदै उहाँले हाल देशमा निशुल्क शिक्षाको व्यवस्था भएपनी विभिन्न बाहानामा विद्यालयहरुले रकम असुली गरेर नागरिकमा गरेको शोषणले देशमा निराशा छाएको आवाज उठ्दा पनि राज्य मौन रहेको आरोप लगाउनु भयो।
बौद्ध बिहार अनुमा घाटका अध्यक्ष सुग्रीम यादवको अध्यक्षतामा भिमराव अम्मेडकरको जन्म जयन्ती समारोह मनाइएको थियो।
सो अवसरमा सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषाद,छुवाछूत विरुद्ध अभियानका केन्द्रीय अध्यक्ष करण विश्वकर्मा,जनमत पार्टीका असरफ चुरिहार,प्रतापपुर गाउँपालिका का कार्यपालिका सदस्य छबिलाल हरिजन, रामकृष्ण हरिजन,अजय हरिजन,सिंह बहादुर थापा,अधिवक्ता देव नारायण हरिजन,काठमाडौं निवासी अशोक मान्नधर,कन्हैया हरिजन लगायतले भिमराव अम्मेडकरको जिवनी माथी प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि त्रिपाठीले अनुमा घाटमा रहेकोे महामानव गौतम बुद्धको शालिकमा दीप प्रज्वलित सहित माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको कार्यक्रम सञ्चालक संतोष हरिजनले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

