दोरेन्द्र खड्का / काठमाडौं
निजामती कर्मचारी अस्पतालमा नवजात शिशु उपचार सघन कक्ष सुरुभएको छ ।
संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आइतबार उद्घाटन गर्नुभएको छ । नवजात शिशुको स्वास्थ्य निकै संवेदनशील विषय हो । गर्भावस्थाबाट शिशु अवस्थामा रुपान्तरण निकै जटिल हुन्छ ।
शिशुले जीवनको निम्ति चाहिने उर्जा र अक्सिजन आफैंले पुर्याउनु पर्ने हुन्छ । यो रुपान्तरणको घडीमा करिब ३० प्रतिशत शिशुमा स्वास्थ्य समस्या देखिन सक्छ । यी शिशुहरूको जीवन रक्षाको लागि बिशेष स्वास्थ्य उपचार आवश्यक हुन्छ यसै उद्देश्य का साथ निजामती कर्मचारी अस्पतालमा नवजात शिशु उपचार सघन कक्ष (एनआइसियु)को उद्घाटन भएको छ ।
संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आइतबार उद्घाटन गरेसँगै एनआइसियु कक्ष सञ्चालनमा आएको छ ।
अस्पतालका निर्देशक बिधान निधि पौडेल ले अस्पताल सधैं गुणस्तरिय उपचारका लागि तत्पर रहेको बताए । विषेशगरी बालबालिकाको स्वास्थ्यमा अस्पतालले योगदान पुर्याउने उनले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

