आरपि उपाध्याय / नवलपरासी ,१ बैशाख
ब्रहम कुमारी ईश्वरीय विश्वविद्यालय शाखा कार्यालय त्रिवेणीको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा नयाँ क्यालेन्डर बिमोचन कार्यक्रम विनयी त्रिवेणी ६ मा सम्पन्न भएको छ।
शुभकामना आदानप्रदान कार्यक्रममा त्रिवेणी शाखा सञ्चालिका जानकी दिदीले पुरानो सालमा रहेको दु:ख,पीडा, अशान्ति र अहंकारको नाश भइ नयाँ वर्षमा सुख,शान्ति,समृद्धिको बढोत्तरीको कामना गर्दै सादा जीवन उच्च विचारको भाव राखेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

सो अवसरमा सञ्चारकर्मी आर.पि. उपाध्याय,अमृत भण्डारी, भारत बिहारका पत्रकार सुनिल गुप्ता, नेपाल रेडक्रस सोसाइटी त्रिवेणीकी सभापति रन्नता काफ्ले,समाजसेवी रघु सिंह क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ब्रहम कुमारी ईश्वरीय विश्वविद्यालय नेपालद्वारा प्रकाशित वार्षिक क्यालेन्डर बिमोचन गरि वितरण गरिएको त्रिवेणी शाखाले जानकारी दिएको छ।
त्रिवेणी शाखाले प्रत्येक दिन प्रात: कालिन मुरली श्रवण कार्यक्रम पनि प्रसारण गर्दै आएको छ।

२०६१ सालमा स्थापना भएको त्रिवेणी शाखाले धार्मिक चाडपर्वहरुमा चाडपर्व लक्षित प्रवचन कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

