Rashtriya Dainik

सरावलमा नयाँ बर्षकाे शुभकामना आदानप्रदान तथा सराेकारवालासंग सुझाव संकलन

राष्ट्रिय दैनिक /नवलपरासी ,३० चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान र सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० सालमा भए गरेका कामहरुको समिक्षा गर्दै २०८१ सालमा नयाँ र रचनात्मक कार्य गर्ने सोंचकालसाथ कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

शुभकामना आदानप्रदान तथा सराेकारवालासंग सुझाव संकलन कार्यक्रम सम्बाेधन गर्दै समन्वय प्रमुख यादवले गाउँपालिकाको विकासकालागि शिक्षा, स्वास्थ्य र कृषिलाई बढी जोड दिन आग्रह गर्नु भयो । सरावल गाउँपालिकाले विभिन्न रचनात्मक काम गर्दै असल अभ्यासहरु गरेको प्रशंसा सहित नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा पालिका स्तरीय राजनीतिक दल, संघसंस्था, बृद्धिजिवि तथा अन्य सरोकारवाला निकाय र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना आदान प्रदानको अवसर पारेर गाउँपालिकाकाले सहभागीहरुसँग गाउँपालिकाको आगामी बर्षका लागि गर्न सकिने योजना लिखित रुपमा संकलन गरिएको हाे।

“लिखित रुपमा प्राप्त भएका योजना र सुझावहरुलाई संकलन गरिएको छ, सवै सुझावहरु अध्ययन र विश्लेषण गरेर आगामी बर्ष कार्यान्वयमा लैजाने तयारीमा छाै‌ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बिशाल मिश्राले बताउनु भयाे ।

कार्यक्रममा पुर्व लुम्बिनी प्रदेशसभा सदस्य भगाैती भण्डारी ,पालिका उपाध्यक्ष बासमती हरिजन,सरावल ४ वडा अध्यक्ष सुरेश यादव ,नेपाली काङ्ग्रेस जिल्ला उपसभापति अनिल कुमार गाैड,नेकपा एमाले देबेन्द्र भट्टराई ,नेकपा माओवादीबाट सुभानअलि अन्सारी ,जनमत बालगाेबिन्द चाैधरी ,लाेसपा इन्द्रकमल यादव,नागरिक उनमुक्ति ओमप्रकास चाैधरी,लाेसपा नेपाल श्याम कुमारी चाैधरी लगाएको राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रमुख प्रशाकिय अधिकृत बिशाल मिश्राकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सञ्चालक गाउँपालिकाका लेखापाल नरेश काेहाँरले जानकारी गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित