Rashtriya Dainik

त्रिवेणी युवा परिवारद्वारा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा सुचना बोर्ड स्थापना

आरपि उपाध्याय / नवलपरासी ,३० चैत

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ अन्तर्गत रहेको त्रिवेणी युवा परिवारको आयोजनामा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा सुचना बोर्ड स्थापना कार्यक्रम सम्पन्न भएको छ।

त्रिवेणी युवा परिवारका अध्यक्ष रन्जित काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष धिरज थापाले चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु र वन पैदावरलाई संरक्षण गर्नु हामी सबैको परम कर्तव्य रहेकोे बताउदै त्रिवेणी धामलाई चिनाउने त्रिवेणी क्षेत्र अन्तर्गतका अन्य मठमन्दिरहरुको पनि तस्बिरलाई सार्वजनिक गरेर अगाडि बढ्न सबैमा आग्रह गर्नुभएको थियो।

कार्यक्रममा विनयी त्रिवेणी वडा न.७ का वडाध्यक्ष उमेश कार्की,नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखा सभापती रन्नता काफ्ले ,लवकुश हरियाली पार्क त्रिवेणीका अध्यक्ष शेखर सिंह ठकुरी,सञ्चारकर्मी आर.पि. उपाध्याय,भोज बहादुर थापा लगायतले शुभकामना मन्तव्य सहितको आफ्नो भनाइ राख्नुभएको कार्यक्रम संचालक अच्युत श्रेष्ठले जानकारी दिनुभएको छ।


कार्यक्रममा त्रिवेणी युवा क्लबका सदस्य,संघसंस्थाका प्रतिनिधि र धार्मिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेकोे थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित