रबिन्द्र यादव / पश्चिम नवलपरासी ,३० चैत
जन्मदिन मनाउने आ – आफ्नो शैली हुन्छन् । कतिपयले आफ्नै तौरतरिका अनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ । कोहीले ठूलो ठूलो भोजभतेर, पार्टी फंशन गरेर फजुल खर्च गरेको पाइन्छ भने कतिपयले सामुदायमा रहेका असहायलाई सहयोग गरेर मनाएका हुन्छन् । कतिपयले बिद्यार्थीलाई कलम कापी झोला वितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन्छन् । पछिल्लो समय भने जन्मदिन मनाउने तरिका अलि मोडिएको पाइन्छ ।
यसै क्रममा पश्चिम नवलपरासीका एक युवा व्यवसायीले आफ्नो छोरीको जन्मदिनको अवसरमा पाल्हिनन्दन गाउँपालिका वडा नं ५ बिष्णुपुरामा रहेको राधाकृष्ण मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष राजाराम गुप्तालाई ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेर आफ्नो छोरी त्रिशु अग्रहरिको जन्मदिन मनाएका छन् ।
उहाँले विष्णुपुरामा रहेको राधाकृष्ण मन्दिरलाई रंगरोगन सहित थप व्यवस्थित बनाउन सहयोग गरेको बताउनु भयो ।
आफ्नो सानो सहयोगले मन्दिर व्यवस्थापनमा थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग गर्न लागेको उहाँको भनाई छ । अग्रहरि उद्योग वाणिाज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उनलाई मनकारीको रुपमा समेत चिनिन्छ । वहाँले कोरोना महामारीको बेला पनि विपन्न बर्गका परिवारलाई खद्दान सहित आवश्यक सहयोग गरेको पाइन्छ । बाढिको बेला पनि उनले खद्दान सहित बाढि ग्रसित क्षेत्रमा गएर सहयोग गरेको स्थानियहरु बताउँछन् । उहाँको छोरीको जन्मदिन चैत २९ गते हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

