Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपाल न. ३१ गुल्म हे.क्वा.को छैठौं स्थापन दिवस

आरपि उपाध्याय / नवलपरासी ,३० चैत

सशस्त्र प्रहरी बल नेपाल न. ३१ गुल्म हे.क्वा. पुर्वी नवलपरासीको छैठौं स्थापन दिवस गैंडाकोट १० भेडाबारीमा भव्यताका साथ मनाइएको छ।

स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहनुभएका मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका सहायक बाहिनी पति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णराज पाठकले जनतालाई शान्ती,सुरक्षा महशुस हुने गरि काम गर्न निर्देशन दिनुका साथै भविष्यमा हुन सक्ने आगलागी,बाढी,पहिरो जस्ता विपदमा समेत तुरुन्त परिचालन हुनसक्ने अवस्थामा रहन निर्देशन दिनुभएको थियो।

कार्यक्रममा गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी, भु.पु. संघका पदाधिकारी,सहिद परिवार र भु.पु. सशस्त्र प्रहरी परिवारजनहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा ३१ न. गुल्मका गुल्मपती सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको जानकारी प्राप्त भएको छ।

शान्ती,सुरक्षा,प्रतिबद्धताको महानतम जिम्मेवारी पूरा गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्मले सिमा सुरक्षा र अवैध क्रियाकलाप रोक्न तथा राजस्व चुहावट नियन्त्रण गर्न अभियानकै रुपमा आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूरा गर्दै आएको पनि बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित