Rashtriya Dainik

पाल्हिनन्दनमा आगलागी हुँदा एक घर जलेर नष्ट

अनिल बनिया/ नवलपरासी ,२९ चैत।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं १ महेशपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।आज साँझ करिब ८:३० बजेको समयमा अपरान्ह अचानक भएको आगलागीबाट भुवन कमकरको घर जलेर नष्ट भएको हो ।

घरमा कोही नभएको बेला भएको आगलागीबाट ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन । बुढाबुढी र छोरी नातिनी बस्दै आएका कमकरको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडालगायत सामान र दुई वटा बाख्रा र छानाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

स्थानीयवासी,नेपाल प्रहरीले र सशस्त्र प्रहरी बलको सहायतामा आगोलाई नियन्त्रण लिएका हो। आगलागी के कारणले लागेको हो भनी कारण खुलेको छैन।

जिल्लाका केही स्थानीय तहमा दमकल भएता पनि पाल्हिनन्दन गाउँपालिकामा नहुँदा जनतालाई समस्या परेको छ। गाउँपालिकाले विभीन्न पालिका संघ सहकार्य गरि दमकल चलाउने नीति बनाए पनि हाल सम्म कार्यवान नगर्नाले यस्ता घटनाहरु बारम्बार घटि रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित