राजन कुमार बानिया /पोखरिया ,२९ चैत
पर्साको कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश यात्रा निकालिएको थियो ।
बिशाल कलश यात्रा कालिकामाई मन्दिर प्राङ्गणबाट ३ हजारको संख्यामा कन्या कुवारीहरुले जलयात्रामा सहभागी भएको थियो।

कालिकामाई मन्दिरबाट बाजागाजासहित निकालिएको कलश यात्रा बिरंचीबर्वा,कटीबलुवा ,पशुरामपुर, भेडिहारी ,टिनडोबिया,रबिदास ,मुडली गाउँ परिक्रमा गदै सिकटा नदीको हनुमान मन्दिर नजिक पुजापाठ गरि जलभरेर हरिहरपुर बिर्ता हुँदै कालिकामाई मन्दिर स्थलमा पुगि कन्याकुवारी हरुले कलश राखिएको थियोे ।

कालिकामाई गाउँपालिकाको नामाकरण कालिकामाईको नाउँमा गरिएकोले मन्दिरको सरचना पुरानै रहेकोले गाउँपालिकाको सहयोगमा मन्दिरको निर्माण गरि सो नवनिर्मित कालिकामाई मन्दिरमा प्राणप्रतिष्ठा गर्ने भएको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बताए ।
कालिकामाई मन्दिरबाट निसकेको कलश जल यात्रामा प्रमुख अतिथि रहनु भएका उर्जा सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवार ,बिशिस्ट अतिथी धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता , उपाध्यक्ष राजमती देबी बरईन,नेपाली काँग्रेसका नेता राधाकृष्ण चौरसिया, स्थानिय समाजसेवी पप्पु खाँव,वडाअध्यक्ष लालबाबु चौरसिया, जयनारायण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ,सशस्त्र प्रहरी बल खेसराहाका डिएसपी प्रेमबहादुर कठाय,मन्त्रीका स्वकिय सचिव सचिन कुमार सिंग लगायत जल यात्रामा महिला ,पुरुष बालबालिकाहरु गरी पाँच हजार भन्दा बढि भक्तजन हरुको सहभागी रहेको थियो ।
नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टामा भोलि ३० गते देखि २४ घन्टा अष्ठयाम हुने १ गते अष्ठयामको पुर्णावती २ गते मन्दिरमा प्राणप्रतिष्टा गरि कालिकामाईको मुर्ती स्थापना गर्ने ,३ गते भारत सितामढीको झाखि कार्यक्रम ४ गते नेपालका भोजपुरी गायक सुनील पंडित समेतको कलाकार हरु अाउने र ५ गतेको चैत नवमीको दिन कालिकामाई मन्दिरमा पुजापाठ चढावन चढाउने पुजा समितिका संयोजक वडा अध्यक्ष संजय पटेलले बताए ।

कलश यात्रा परिक्रमाको क्रममा ठाउँ ठाउँमा फ्रुटी,पानी,फलफुल बितरण समेत गरिको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

