Rashtriya Dainik

वार्षिक परीक्षाफल तथा अभिभावक भेला सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,३० चैत

नेपाल आधारभूत विद्यालय सुस्ता प्रसैया विनयी त्रिवेणी ६ को वार्षिक परीक्षाफल तथा अभिभावक भेला बिहीबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक यम सिंह थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष थमन बहादुर थापाले विद्यालयका बालबालिकाहरुको भविष्य सङ्ग जोडिएको संस्थामा अभिभावक वर्गहरुले साप्ताहिक रुपमै अनुगमन गर्नुपर्ने धारणा राख्दै सामुदायिक विद्यालयहरुबाट पनि उत्कृष्ट नतिजा आउन थालेको विचार व्यक्त गर्नुभयो।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य शिला थापा क्षेत्री, शिक्षाप्रेमी ओम प्रकाश न्यौपाने, शिक्षिका सुनैना पन्जियार लगायतले शिक्षक,अभिभावक र विद्यार्थीहरुको सामुहिक प्रयासबाट नै असल नतिजा निकाल्न सकिने धारणा राख्नुभएको थियो।
कार्यक्रममा कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा नेपाल आधारभूत विद्यालयले विनयी त्रिवेणी वडा न.६ र ७ बाट उत्कृष्ट ८२% नतिजा प्राप्त गरेको विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी देवी काफ्लेले जानकारी दिनुभएको छ।
वार्षिक परीक्षाफलमा प्रथम,द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने अनुशासन,सरसफाइ र नियमित विद्यालयमा आउने छात्रछात्रालाई सम्मान सहित पुरस्कृत गरिएको विद्यालयले जानकारी दिएको छ।


अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका सदस्य,पुर्व प्रधानाध्यापक, अभिभावक र शिक्षकरुको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित