Rashtriya Dainik

ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र नवलपरासीमा धूमधाम साथ मनाइदै

राष्ट्रिय दैनिक /नवलपरासी / चैत २९

मुस्लिम समुदायले इदगाहा, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा सो पर्व मनाउदै गरेका छन । आज खुशयाली सटासाट गरि आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने ईद मुस्लिम समुदायले आज मनाउने गरिन्छ ।

ईदुल फित्रको अवसरमा जिल्लाका पालिका प्रतापपुर , सरावल, सुस्ता , रामग्राम सुनवल लगायतका स्थानका मुस्लीम समुदायका महिला पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् ।

एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँचपटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लीमहरुले बुधबार साझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् । यस अवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका सबै जम्मा भएर नवाजपाठ गरी बधाई, शुभकामना आदनप्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयालीसँग ईद मनाएका छन् ।

त्यस्तै प्रतापपुर गाउपालिका ६ हरपुरटोल स्थित रहको इदगाह भेला भई महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसँग दुवा मागाने गर्छ ।

ईस्लामीक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमीकाको प्रसंशा गर्दै यो पर्व १वर्षदेखि विश्वभरका मुस्लीमहरुले मनाउँदै आएका छन् ।

मुस्लीमहरुको विशेष परिकार सेवई का साथै राम्रो मिठो परिकारका खाना, फलफुल प्रसाद वाडीचुडी खाएका छन् । यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई फिद्रा भनिन्छ । आफ्नो परिवारको सदस्यको संख्यानुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित