नवलपरासी । कुखुरा विकास फार्म खजुरा , वाकेको आयोजनामा उद्यमीहरुका लागि दुई दिवसीय ब्यवसायीक कुखुरा पालन तालीम पश्चिम नवपरासीको शुक्रौलीमा सम्पन्न भएको छ ।
सो तालीममा रामग्राम नगरपालिका अन्तर्गत विभिन्न वडाका ३० जना महिला उद्यमीहरुको सहभागीता रहेको थियो । तालीममा ब्यवसायीक रुपमा कुखुरा पालन कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने विविध विषय बस्तु माथी बिज्ञहरुद्धारा प्रशिक्षण दिईएको थियो ।
तालीम समापन समारोह कार्यक्रममा प्रमुख अतिथीको रुपमा .लुम्विनी प्रदेश अन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक प्रवेशसिंह कुवंरले तालीमलाई ब्यवसायीक रुपमा व्यवस्थापन गरी कुखुरा पालन ब्यवसायलाई उत्कृष्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।

कुखुरा विकास फार्म खजुरा , वाकेका फार्म प्रवन्धक डा. सुमन खनालको अध्यक्षमा भएको समापन कार्यक्रममा प्रशिक्षाथीको तर्फवाट शुशिला लोनिया , भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका कार्यालय प्रमुख श्रवण कुमार चौधरी, जनता माध्यमीक बिद्यालयका प्रधानअध्यापक चन्द्रमणी लम्साल, पशु सेवा अंिधकृत कर्मध्वज छत्याल लगायतले तालीमलाई तालीममा मात्र सिमीत नवनाई ब्यवसायीक रुपमा कार्यान्वयन गुर्नपर्नेमा जोड दिनुभएको थियो । –
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

