Rashtriya Dainik

प्रतापपुर गाउँपालिकामा नयाँ वर्षको शुभकामना आदानप्रदान एवं पत्रकार सम्मेलन कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ चैत

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको आयोजनामा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान एवं पत्रकार सम्मेलन तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले पालिका अध्यक्ष पदमा निर्वाचन भए यता दुई वर्षे अवधिमा गरिएको विकास निर्माण कार्यमा भएको प्रगतिबारे सञ्चारकर्मी समक्ष प्रस्तुत गर्नुभएको थियो।


अध्यक्ष यादवले दुई वर्षमा आफुले जनता समक्ष गरेको प्रतिबद्धताको ७५% कार्य पूरा गरेको जानकारी दिदै बाकी अवधिमा २५% कार्य पूरा गर्ने धारणा राख्नुभयो।

पालिकाको सेवा प्रदायक कार्य विभिन्न दुई भवनबाट हुँदै आएको असुविधालाई ध्यानमा राखी नयाँ प्रशासकीय भवनको निर्माण कार्य सुरु हुँदै अन्तिम चरणमा पुगेको र प्रतापपुर गाउँपालिकामा रिङ रोडको अवधारणालाई टेन्डर प्रक्रियाद्वारा अगाडि बढाइएको जानकारी दिदै एम्बुलेन्स खरिद प्रक्रिया पनि अन्तिम चरणमा पुगेकोमा आगामी ६ महिना भित्र नै पूरा गर्ने लक्ष्यका साथ अगाडि बढिएको अध्यक्ष यादवले जानकारी दिनुभएको छ।

हुलाकी सडकको नारायण चोक बेलाटारी सडक खण्डलाई आउदो आर्थिक वर्षभित्र पूरा गरिने लिखित सहमति भएको र सुर्यपुरा भुजहवा सडकलाई मरम्मत सहितको निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि अध्यक्ष यादवले सञ्चारकर्मी समक्ष बताउनु भयो।

प्रतापपुर गाउँपालिकामा स्वास्थ्य,शिक्षा र खानेपानीको क्षेत्रमा नागरिकको चाहना अनुसार पूरा गर्ने कार्यमा पालिकाको प्रतिबद्धता कायम राख्दै साधन स्रोतले भ्याएसम्म अविलम्ब पूरा गरिने अध्यक्ष यादवको भनाइ रहेकोे थियो।

सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफ दिदै अध्यक्ष यादवले विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दीको व्यवस्था गर्न नसकिए पनि अध्यक्ष शैक्षिक बेरोजगार कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा देखापरेका चुनौतीलाई समाधान गर्ने नीति अगाडि बढाइएको बताउदै उखु र केरा खेतीलाई प्रोत्साहन गर्दै किसान केन्द्रित कार्य गर्ने तथा सिचाइको व्यवस्थालाई अझबढी व्यवस्थित गर्दै जाने पनि बताउनु भयो।

“हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउँपालिकाको समग्र विकास” को माहाकामना पूरा गर्ने कार्यमा आफू र पालिका सदैव तत्पर रहने जिकिर पनि यादवले गर्नुभएको थियो।
पत्रकार सम्मेलनमा पश्चिम नवलपरासीका एक दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको जानकारीमा आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित