Rashtriya Dainik

छायाँ सेन्टर भत्काउन अदालतले दियो आदेश

काठमाडौं, २८ चैत्र । ठमेलको ऐतिहासिक कमलपोखरी माँसेर निर्माण गरिएको छायाँ सेन्टर भत्कने भएको छ । सर्वोच्च अदालतले कमलपोखरी रहेको तथ्यको व्याख्या गर्दै हडपिएको जग्गा खोज्न आदेश दिएपछि छायाँ सेन्टर भत्कने भएको छ ।

अदालतको आदेशमा कमलपोखरीको जग्गा २६ रोपनी रहेको र त्यसको खोजी गरी जानकारी दिनुपर्ने उल्लेख छ । अब कमलपोखरीको जग्गा कहाँ कहाँ छ भन्ने तथ्य जिम्मेवार निकायले दिनुपर्नेछ ।

कमलपोखरी ठमेलमा बनेको छायाँ सेन्टरमा छ । छायाँ सेन्टरले १२ रोपनी जग्गा हडपेको हो । बाँकी जग्गा त्यही वरिपरि रहेकाले अरु हडपिएको जग्गा पनि फिर्ता हुने भएको छ ।

कमलपोखरी माँसेर पृथ्वीबहादुर पाँडेको नेतृत्वमा देशका कथित प्रतिष्ठित भनिएकाहरुले छायाँ सेन्टर निर्माणमा भूमिका खेलेका थिए । कतिपयले जग्गा हडप्न सहयोगी पुर्याएकाले गोल्डन शेयर नै पाए ।

नेपाली पेनले छायाँ सेन्टरले कमलपोखरीको जग्गा हडपेको विषय खोजीसहित प्रकाशित गर्दै आएको छ ।

नेपाली पेनका प्रधानसम्पादक दीपेश केसीले पहिलोपटक नागरिक दैनिकमा कमलपोखरीको जग्गा हडपेको विषय खोजीसहित प्रकाशित गरेका थिए । त्यसपछि छायाँ सेन्टरविरुद्ध सर्वोच्च अदालतमा भागवतनरसिंह प्रधानले मुद्दा दायर गरेका थिए । नेपालीपेनबाट

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित