Rashtriya Dainik

सुकुन्दा साहित्य पालाले मनाइयाे दाेश्राे पटक महाकवि गिरिजाप्रसादकाे दाेस्राे ८६ औं जन्माेत्सव

काठमाडौं । काठमाडौंकाे रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयंति मनाउने कार्य सम्पन्न भयो । उक्त पालाले गत साल पनि महाकवि गिरिजाप्रसाद जोशीको ८५ औ जन्म जयंति मनाउने कार्य गरेका स्मयणीय छ ।
कार्यक्रम भर्खरै बित्नु भएका महाकवि गिरिजाप्रसाद जोशीका एक शिष्य लगायत नेपालका प्रथम केमीकल इन्जियर र साहित्यकार राजदास श्रेष्ठ जसले तन मन धनले नेपालभाषाको साहित्यिक क्षेत्रमा योगदान गर्दै आउनु भएको थियो उहांको सम्झनामा गुणानुस्मरण गरी १ मिनेट मौनधारण गरि शुरु भएको थियो ।
सुकुन्दा साहित्य पालाको इतिहासमै प्रथम पटक अनलाइन जुम मार्फत भएको कार्यक्रमका प्रमुख अतिथि वर्ल्ड नेवा अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा। बाल गोपाल श्रेष्ठले महाकवि गिरिजा प्रसाद जोशीको योगदान बारे प्रकाशन पार्नु हुन्दै आफुहरु भाग्योदय मा।वि।मा पढदै गर्दा महाकवि गिरिजा प्रसाद जोशी शिक्षक भई अङग्रेजी र नेपालभाषा विषय अध्यापन गराउनुका साथै स्कुल र सांखु शहर भित्र अनेकन साहित्यिक कार्यक्रम गर्ने लगायत विद्यार्थीहरुलाई विभिन्न हस्तलिखित पत्रिका प्रकाशित गर्न लगाएको साथै उहाँकै उपस्थितिमा सांखुमा भाषा साहित्य मुंज्या खलको गठन भएको र सो सस्थाको प्रथम अध्यक्ष भइ विविध साहित्यिक कार्यक्रम सांस्कृतिक कार्यक्रम गर्ने गरेको र महाकवि गिरिजा प्रसाद जोशीले रचना र संगीत भरेका जनताका गीत गाउने जस्ता कार्यहरु गर्ने गरेको स्मरण सुनाउनु भयो । महाकाव्य देखि थुप्रै कृति छाडेर जानुभएका महाकवि गिरिजा प्रसाद जोशी ४९ वर्षको अल्पायु वितेर जानु भएपनि आफु लगायत नेपालभाषा क्षेत्रका धेरै साहित्यकारहरुका प्रेरणाका श्रोत भएको उहांले वताउनु भयो । प्रमुख अतिथि श्रेष्ठले महाकविकै प्रेरणामा आफूले साहित्यिक सृजनामा लागेको र मातृभाषाको सेवामा अहिलेसम्म लागिपर्न सकिरहेको जनाउनु भयो ।

प्रमुख अतिथि श्रेष्ठले भर्खर वित्नु भएका भाषासेवी राजदास श्रेष्ठको निधनप्रति गहिरो शोक प्रकट गर्नु हुन्दै यो नेपालभाषा क्षेत्रको लागि ठूलो क्षति भएको कुरा बताउनु भयो ।
रत्न राज्यलक्ष्मी क्याम्पसबाट नेपालभाषाबाट चौथा तह अध्यापन पूरा गरेका रुपा शाही, साहित्यकार रामेश श्रेष्ठ, सुकुन्दा साहित्य पालाका सचिव एवम् संयाजेक रिदेन महर्जनका साथै प्रशान्त डंगोलले आ आफ्नो साहित्यिक सृजना प्रस्तुत गर्नुका साथै महाकवि गिरिजाप्रसाद जोशीका योगदानलाई सम्झनेकाम गर्न भएको थियो ।

सो कार्यक्रमको संयोजक रिदेन महर्जनले आगामी दिनहरुमा नेपालभाषा तथा साहित्यक क्षेत्रमा अतुलनीय योगदान दिनु भएका महान् व्यक्तित्वहरूको कदर स्वरूप आगामी दिनमा अझै सशक्त ढंगबाट साहित्यिक कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
कार्यक्रमका सभाअध्यक्ष प्रशान्त डंगोलले व्यस्त समयका बावजूट पनि कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित