Rashtriya Dainik

सरावल १ रजहवामा आजदेखि श्रीमद् देवि भागबत नवाह ज्ञान महायज्ञ शुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसन्तपुर (नयाँटाेल) बसहीमा अवस्थित रजहवा शान्ति वन बाटिका परिसरमा श्रीमद भागवत नवाह ज्ञान महायज्ञ तथा भागवत कथा आजदेखि सुरु भएको छ ।

रजाहा दुर्गा देवि मन्दीरमा श्रीमद् देवि भागबत नवाह ज्ञान महायज्ञ तथा भागवत् कथा प्रबचन मंगलबार बाट शुरुभएको हो ।

महायज्ञको पहिलो दिन कलश यात्रा एबम् महायज्ञको औपचारिक समुद्घाटन भएको छ ।

दुर्गादेवि मन्दीर परिसरबाट शृुरुभएको कलश यात्रा सुनवल ११ मिश्रौली को दुर्गामन्दीर , राधाकृष्ण मन्दीर बसही, शिब पंञ्चाङ्ग मन्दीर बासा चौराहा, दुर्गा मन्दीर मगरमुडाहा पुगेर पुनः २ बजे रजाहा दुर्गा देवि मन्दीर परिसरमा आएर टुङ्गीएको थियो । समुद्घाटन समारोह महायज्ञ मुल आयोजक समिति संयोजक कृष्ण प्रसाद भट्टराई को अध्यक्षतामा भएको थियो ।

प्रमुख अतिथिको रुपमा सन्तसिरोमणि श्री १०००८ स्वामी विवेकानन्द सरस्वती जी महाराज रहनु भएको थियो । वैदिक धर्म संस्कृति परम्परा र सभ्यताको संरक्षण सम्बद्र्धन र विकासका लागि संचालन भएको महायज्ञमा आचार्य नारायण गैरे प्रमुख वाचकको रुपमा रहनु भएको छ ।

समुद्घाटन कार्यक्रममा पूर्व सांसद भगबती भण्डारी, आमा समुह, वाल क्लव, यूवा क्लव ,मन्दीर समिति, लगाएत विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो । कार्यक्तममा महायज्ञ ब्यबस्थापन समिति संयोजक कृष्ण प्रसाद भुसालको स्वागत, सचिवालय संयोजक लिलाधर पाण्डेले महायज्ञको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने ओमकारेश्वर शिव पंञ्चमङ्ग मन्दीर जिल्ला कार्यालयका उपाध्यक्ष देवेन्द्र भट्टराईले
कार्यक्रम संचालन गर्नुभएको थियो ।

चैत्र २७ गते देखि संचालन भएको महायज्ञ बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

महायज्ञबाट दुर्गा देवी मन्दिर सञ्चालन गर्नको लागि अक्षयकोष निमार्ण गरीने, मणि दिप धामको प्रांगणमा सुर्य मन्दिर निमार्ण गर्ने तथा सोही परिसरमा सत्संङ्ग हलको निमार्ण गरीने छ । महायज्ञमा करिब ३५ लाख रुपैयाँ संकलन हुन सक्ने अनुमान गरिएको र करिब १५ लाख खर्च हुन सक्ने आयोजकले जनाएको छ । महायज्ञको संरक्षकमा सरावल गाउपालिका रहेको छ । दुर्गा मन्दिर व्यवस्थापन समिति आयोजक र बैदिक धर्म परिषद् नेपाल ओमकारेश्वर शिव पंञ्चमङ्ग मन्दीर जिल्ला कार्यालय सह–आयोजक रहेको छ ।


महायज्ञमा देवी भागवत पाठ परायण, हवन, अभिषेक, वेद पाठ, भागवत पाठ, चण्डी पाठ र रुद्रीहोम गिता पाठ प्रत्येक दिन ८ः३० देखि ११ः३० सम्म हुनेछ । त्यस्तै प्रत्येक दिन दिउँसो १२ः३० देखि ४ः३० बजेसम्म कथा प्रवचन हुने र दिनको ४ः३० बजे टिका प्रसाद पञ्चामृत वितरण गरिने आयोजकले जनाएको छ । त्यस्तै साँझ ६ बजेदेखि ७ः३० बजेसम्म सन्ध्या कालीन आरति र महात्मा पाठ रहने छ भने साँझ ७ः३० बजेदेखि १० बजेसम्म भजनकिर्तन रहनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित