उमेश बि.क / नवलपरासी ,२७ चैत
विद्यालय शिक्षकहरुका लागि आयुर्वेद तथा योग सम्बन्धी अभिमुखिकरण मंगलबार सरावलमा सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका
आयुर्वेद शाखाकाे आयोजनामा भएको कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चाैधरीले नागरिकलाई स्वस्थ राख्नको लागि योग तथा आयुर्वेद अपरिहार्य रहेको बताउनु भएको थियो । स्वस्थ जीवन शैलीको लागि याेग महत्वपुर्ण रहेको बताउनु भएको थियो ।

सरावल गाउँपालिका आयुर्वेद शाखाकाे प्रमुख सन्ताेष कहारकाे अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटा ,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रेम बहादुर थापा , सरावल गाउँपालिका शिक्षा समिति सदस्य देव नारायण चाैधरी लगाएतकाे उपस्थित रहेको थियो ।
कार्यक्रममा पालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य शारारिक पढाउने शिक्षक, शिक्षिकाहरु गरि २५ जनाकाे सहभागीता रहेको थियो ।

शिक्षकहरुबाट विद्यालयका विद्यार्थीहरुमा विद्यार्थीबाट आम नागरिकमा योग तथा आयुर्वेद सम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयुर्वेद शाखा प्रमुख कहारले बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रमको उद्घाटन र समापन समारोहकाे कार्यक्रम संचालन शिक्षक सन्जय शर्माले गर्नु भएको थियो । भने प्रशिक्षार्थीहरुलाई नवलपरासी आर्युवेद स्वास्थ्य केन्द्र वरिष्ठ कविराज निरिक्षक नरहरि अर्यालले प्रशिक्षण गर्नुभएको थियो ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

