Rashtriya Dainik

आगलागी पीडित परिवारहरुलाई अति आवश्यकीय राहत सामग्री बितरण

राजन कुमार बानिया/पर्सा २७ चैत

पर्साको धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले मंगलबार राहत समाग्री बितरण गरेका छन। अग्नि पिडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी , रविन्द्र पटेल , मनिफ मियाकाे घरमा आगलागी भएपछि रेडक्रसले राहत बितरण गरिएको छ। आगलागी पीडित परिवारहरुलाई अति आवश्यकीय राहत सामग्री बितरण गरिएको छ ।
सोमबार राति करिब १२ बजेतिर आगलागी हुँदा नगद गरगहना,घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन् । राहत समाग्री नेपाल रेडक्रस सोसाइटि मधेस प्रदेश कमिटि उपकोषाअध्यक्ष सलाउदिन अहमद,धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह,वडाअध्यक्ष राजकिशोर प्रसाद कुर्मी , जिन्शी प्रमुख प्रदिप पटेलको टोलीले मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।
पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डसना, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको अहमदले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित