Rashtriya Dainik

धोबिनी गाउँपालिका-३ गुलरियामा आगलागी हुँदा लाखौंको क्षति

राजन कुमार बानिया /पोखरिया, २७ चैत ।

पर्साको धोबिनी गाउँपालिकाकाे वडा नम्बर-३ गुलरियामा गएराती आगलागी भएको छ ।

आगलागीमा स्थानीय गुलरिया निवासी राजेन्द्र पटेल,फरिन्द्र पटेल, हनिफ मियाँ , मनिफ मियाँ, रबिन्द्र पटेलको गरी करीब ३० लाख बराबरको धनमाल जलेर नष्ट भएको पिडीतले बताएका छन् ।

आगालागी हुँदा गरगहाना ,लत्ताकपडा, फर्निचर , अन्नपात ,साईकल , भाडाकुँडा, बाख्रा , चौपाया , नगद , लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गएराती १२ बजे बिधुतको तार सर्ट सकिटले आगो लागिएको नेपाल प्रहरी, स्थानीयवासी र पोखरीया र बिरगंजबाट गएको बारुणयन्त्रको सहयोगमा निभाईएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित