राष्ट्रिय दैनिक / नवलपरासी ,२७ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसन्तपुर (नयाँटाेल) बसहीमा अवस्थित रजहवा शान्ति वन बाटिका परिसरमा ९ दिने श्रीमद भागवत नवाह ज्ञान महायज्ञ तथा भागवत कथा हुने भएको छ ।
साेमवार पत्रकार सम्मेलनको आयोजना गरी ९ दिने ज्ञान महायज्ञ हुन लागेको आयाेजकले जानकारी दिइएको हो ।
यज्ञ सम्पादन मूल समितिका संयोजक कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महायज्ञ चैत्र २७ गते मंगलबार देखि आगामी बैशाख ५ गतेसम्म हुने बताइएको छ ।

आज मंगलबार बिहान १० बजे कलशयात्रा गरी दिउसो १२ बजेदेखि साँझ ५ बजेसम्म कथा प्रवचन हुने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको प्रचारप्रसार संयाेजक नारायण पाण्डेयले जानकारी दिनुभएको हाे।
अध्यक्ष भट्टराईका अनुसार ९ दिनसम्म चल्ने महायज्ञमा गिता पाठ, चण्डी पाठ, बेद पाठ भागवत पाठ सन्ध्याकालिन आरती र महात्मा पाठ गरिने भएको छ ।

महायज्ञ दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजना र बैदिक धर्म परिषद नेपालको सहआयोजनामा गरिने भएको छ । ज्ञान महायज्ञमा भागवत कथा वाचत सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्ने कार्यक्रम रहेको प्रचार प्रसार तथा सञ्चार संयोजक नारायण पाण्डेले जानकारी दिनु भयो ।
सरावल १ रजहवा शान्ति वन वाटिका र त्यस क्षेत्र भित्रका धार्मिक स्थलहरु र मणी दिप वासीनी भगवती माता र राज हरिहर धामको प्रांगणमा बैदिक धर्म परिषदको संरक्षण र संवर्धनका लागि दुर्गादेवी मन्दिर परिसरमा ज्ञान महायज्ञ हुन लागेको सञ्चार संयोजक पाण्डेले बताउनु भयो ।

पत्रकार सम्मेलनमा जनार्दन भण्डारी, कृष्ण भुषाल लगायतले ज्ञान महायज्ञको बारेमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिनु भएको थियो ।

समितिले अहिले महायज्ञ आयोजना स्थलको र आन्तरीक तयारीको काम पुरा गरिसकेको सचिवालय संयाेजक लिलाधर पाण्डेयले जानकारी दिनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

