Rashtriya Dainik

प्रतापपुरमा नि:शुल्क स्वास्थ्य शिविर आजबाट शुरु ।

राष्ट्रिय दैनिक / पश्चिम नवलपरासी ,२७ चैत

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका भित्रका पाच वडामा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मन्तोष मुरावले जानकारी दिए । 

यही चैत २७ गतेदेखि ३० गतेसम्म पालिकाको वडा नं १ देखि ५ वडा सम्मका सम्पुर्ण गाउँमा क्षयरोग खोज पडताल गर्न स्वास्थ्यकर्मी सहितको टोली पुग्ने भएको छ । क्षयरोग परिक्षण र खोज पडतालका लागि स्थानीय सरोकारवालाहरुलाई अभिमुखिकरण र स्वमसेवक चयन लगायतका सबै तयारी भइसकेको बैदौली स्वास्थ्य चौकीका इन्चार्ज कौशल कुमार यादवले जानकारी दिए ।

सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्य प्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका उनी बताउछन् । यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवनशैली हो । प्रमुख मुरावले भने, “स्वास्थ्यकर्मी सहितको टोली प्रतापपुर गाउँपालिकाका यी वडाको गाउँ गाउँमा पुग्दै छन् ।

स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवले जानकारी दिए । प्रतापपुर गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित काम अघि बढाएको अध्यक्ष यादवले बताए ।

पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयको स्वास्थ्य जाँच र उनीहरूको स्वास्थ्य समस्या बारे समाधान गर्न लागि गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्रथामिकतामा राखेर काम गरिरहेको अध्यक्ष यादवको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित