राष्ट्रिय दैनिक / नवलपरासी , २६ चैत्र
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदि पारी रहेको सुस्तामा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन उदघाटन गरिएको छ ।

सुस्ता गाउँपालिका र फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत स्वास्थ्य परियोजनाकाे संयुक्त लगानीमा नारायणी नदि पारीको गाउँ सुस्तामा निर्माण भएको २ कोठे भवनको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय र फेयर मेड फाउन्डेसन नेपालका राष्ट्रिय संयोजक निर्मला शर्माले संयुक्त रूपमा उदघाटन गर्नुभएको हाे ।

आधारभुत स्वास्थ्य परियोजनाबाट ५ लाख र सुस्ता गाउँपालिका कार्यालयबाट ३ लाख गरि ८ लाखमा निर्माण भएको २ कोठे स्वास्थ्य केन्द्र भवनबाट सेवा सुभारम्भका लागि पुनः परियोजनाले करिब ४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरि भवनको उद्द्घाटन र सो भवनबाट आइतबार देखि सेवा सुभारम्भ भएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका वडा न ५ स्थित नारायणी नदि पारी रहेको गाउँ स्वास्थ्य र शिक्षा तथा यातायात र भौतिक क्षेत्रमा पछाडि परेको गाउँ हो उक्त गाउँमा करिब ३ सय घरधुरी रहेको छ भने बर्षेनि ८ देखि ९ जना महिला दिदिबहिनीहरु गर्भवती सेवा लिने गरेको स्वास्थ्य केन्द्रको तथ्यांकमा उल्लेख गरिएको देखिन्छ तर पीडा के हो भने ती गर्भवती भएको महिला दिदीबहिनीहरु सुत्केरी हुनको लागि घरमै हुन बाध्य रहेको छ ।

दक्षिणमा र पुर्वमा भारत पश्चिममा नारायणी नदि भएको कारण सुत्केरी हुन लागेको महिलालाई बाटोको कारणले आवतजावत गराउन समस्या रहेकोे कारण घरमै सुत्केरी हुने बाध्यताले गर्दा यस बर्ष पनि १ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य केन्द्रका प्रमुख अशोक चौधरीले बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

