Rashtriya Dainik

सरावलमा माटाेकाे भाडाे बनाउने प्रविधि हस्तान्तरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले माटाेकाे भाडाे बनाउने प्रविधि हस्तान्तरण गरेको छ।

कुमाल (काेहार) समुदायकाे परम्परागत सीप लाेप हुदै गइरहेकोले परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले सीप प्रवर्द्धन , संरक्षण संगै टिकाउ राख्न माटाेकाे भाडाे बनाउने प्रविधि हस्तान्तरण गरिएको हाे।

सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा माटाेकाे भाडाे बनाउने प्रविधि हस्तान्तरण भएको हाे ।

कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष चाैधरीले लाेप हुदै गइरहेको परम्परागत जातीय पेशालाई संरक्षणका लागि पालिकाले माटोकाे भाँडा बनाउने प्रविधि हस्तान्तरण बताउनुभयो। याे मेसिनबाट धेरै सामाग्री निर्माण गर्न सकिने भएकोले राेगजार सृजनाका साथसाथै नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न ठुलो टेवा पुग्ने बताउनुभयो । काेहार समुदायको पेशालाई प्रवर्द्धन गर्दै बजारीकरणकाे पनि ब्यवस्थापन गर्न पालिका सहयोग साथ दिने बताउनुभयो ।माटाको भाडाले वातावरण सन्तुलन गर्नुको साथै स्वास्थ्यकाे लागि पनि लाभदायक हुने बताउनुभयो ।


त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले काेहार समुदायको परम्परागत पेशा संरक्षणका लागि प्रबिधि हस्तान्तरण गरिएको हाे बताउदै पुरानो रितिरिवाज कायम राख्न ठुलो मद्दत मिल्ने बताउनुभयो । पहिला प्राय माटाको सामाग्री घरमा रहेको र हाल लाेप हुदै गएकाले यश प्रबिधिबाट जगेर्ना हुने बताउनुभयो । उत्पादित भाडाको बजारीकरणका लागि पालिका सकारात्मक रहेको बताउनुभयो।

साेमबार चार जनालाई माटाेकाे भाडाे बनाउने प्रविधि हस्तान्तरण गरिएको सरावल गाउँपालिका लेखापाल नरेश काेहारले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित